
म्याग्दीको बेगखोलाका बाढी पीडितलाई हङकङमा रहेका बेगखोला–५ का गोविन्द पुर्जाको संयोजकत्वमा सङ्कलन गरिएको रु एक लाख राहत सहयोग हस्तान्तरण गरिँदै । तस्बिर ः कमल खत्री, म्याग्दी, रासस
म्याग्दी, २१ भदौ । म्याग्दीको बेगखोला–६ की टमायाँ सिञ्जालीको आँखा अझै ओभाएका छैनन् । गत भदौ १७ गते राति बेगखोलमा आएको भीषण बाढीले घरसँगै आफ्ना श्रीमान् पूर्णप्रसादलाई बगाएपछि उनीहरु अहिले सहाराविहीन वनेका छन् ।
मध्यरातमा आएको बाढीको बारेमा स्थानीयवासीलाई सूचना दिएर परिवारलाई भगाएका पूर्णप्रसाद आफै घरभित्रका कागजात लिन जाने क्रममा बाढीले घर नै बगाएर बेपत्ता बनाएपछि बिचल्लीमा परेका बाँकी परिवार शोकमा डुबेका हुन् ।
‘‘हामीलाई भगाएर बचाएँ तर आफैँ बाँच्न सकेनन्, केही दिन बाढीले बगाएको बगरमा खोजी ग¥र्यौं, तर उहाँको केही पत्तो लागेन, टमायाँले भनिन् ।” पूर्णप्रसादलाई बाढीले बगाएको दुई दिनपछि उनका छोरा र श्रीमती बाढीले बगाएको बस्ती नजिकै चिलाउनेखर्कमा बस्तुभाउ राख्दै आएको छाप्रोमा किरिया बसेका छन् ।
“ घर पनि बगायो, घरमूली पनि रहनुभएन, हामी उहाँकै भरमा पालिएका थियौँ, अब कसरी छोराछोरी पाल्ने? ” टमायाँले गहभरी आँसु निकाल्दै भनिन् – “अन्यत्र कहीँ घर र राम्रो जग्गा जमिन नभएपछि गोठमा आएर उहाँको किरिया गर्न लागेका छौ। ”
बुबाको किरिया बसेका २० वर्षीय डिलु अहिले अरुसँग केही बोल्नै नसक्ने भएका छन् । रातदिन उनी भीषण बाढीले घर र बुबालाई बगाएको सम्झँदै भक्कानिएर रुने गर्छन् । घरको आर्थिक अवस्था कमजोर भएपछि उनीसँगै दुई बहिनीले पहिले नै पढाइ छाडेका थिए ।
अहिले कान्छी छोरीले ५ कक्षामा पढ्दै छिन् । आर्थिक अवस्थाले थेग्न नसकेपछि उनलाई पनि विद्यालय पठाउने कि नपाउने सिञ्जालीको परिवार अन्योलमा छ । “मेरो पनि स्वास्थ्य कमजोर छ, अर्काकोमा काम गर्न सक्दिनँ, श्रीमान्ले नै मजदुरी गरेर हामीलाई पाल्नुभएको थियो, अब के गर्ने केही सोच्नै सकेको छैन, टमयाँले थपिन् ।”
“न घर न घरमूली ! सिञ्जाली परिवारको आर्थिक स्रोत पनि केही छैन, उनीहरुले अरुको काम गरेरै जीविका चलाएका थिए, अब बसोबासको व्यवस्था गर्न निकै समस्या भएको छ ।” नेपाल रेडक्रस सोसाइटी बेग उपशाखाका पूर्ण परियारले भन्नुभयो ।
बेगखोलामा आएको भीषण बाढीले त्यहाँका ११ घरसहित पूरै बस्ती बगाउनुका साथै गाविसका विभिन्न स्थानका थप चार घरमा पूर्ण क्षति पु¥याएको थियो । बेगखोलाको बाढीले घरबार विहीन बनेसँगै त्यहाँका बाढीपीडितलाई विभिन्न निकायबाट राहत जुटाउन सुरु गरिए पनि उनीहरुको स्थायी बसोबासको व्यवस्था भने हुन सकेको छैन ।
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
साउथ ईष्ट लन्डनमा ‘मिलारेपा’ मञ्चन हुँदै, निर्देशक बुद्धि तामाङ उपस्थित हुने
अमेरिकासँग तत्काल वार्ताको सम्भावना नभएको इरानी कुटनीतिज्ञको भनाइ
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]