भ्याटिकन सिटी, १९ भदौ । भारतको कोलकत्तामा गरिव दुःखीहरुलाई सहयोग गर्ने भिक्षु मदर टेरेसालाई भ्याटिकन सिटीमा आईतवार आयोजित क्रिश्चियन समारोहमा सन्त घोषणा गरिएको छ ।
लाखौं धर्मालम्वी सहभागी र क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसले अध्यक्षता गरेको समारोहमा गौरवका साथ टेरेसालाई सन्त घोषणा गरिएको हो ।
टेरेसाको १९औं बार्षिकीको पुर्वसन्ध्यामा आयोजित समारोहमा धर्मगुरु फ्रान्सिसले भन्नुभयो — “सम्मानले पुजनीय कोलकत्ताकी त्रिमुर्ती टेरेसाको नाम सन्तहरुको सूचीमा लेखिएको र सम्पुर्ण चर्चहरुमा उहाँलाई आदर गरिने सगौरव घोषणाा गर्दछौं । ”
समारोहका बेला हेलिकोप्टरबाट पुष्पवृष्टी गरिएको थियो भने तिन हजार सुरक्षा अधिकृतहरु परिचालन गरी समारोहस्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।
टेरेसाले सुरुमा शिक्षिकाको रुपमा र पछि गरिव तथा दीन दुःखीहरुको सेवागरी आफ्नो युवा अवस्था भारतमा विताउनु भएको थियो । उहाँको पछिल्लो भूमिकाकाले उहाँलाई विश्व प्रशिद्ध महिला बनाएको थियो । त्याग र सहयोगका कारण उहाँले १९७९ को नोवेल शान्ति पुरस्कार पाउनु भएको थियो । तर धर्म निरपेक्षता पक्षधरले उहाँको आलोचना पनि गर्ने गर्दथे ।
उहाँको निधनपछि उहाँको सम्पत्तिका बारेमा लगातार विवाद भईरहेको छ ।