सिरियाबारे सहमति नहुनुमा रसिया दोषीः अमेरिका

ओबामा । तस्विरः एपी

ओबामा । तस्विरः एपी

हाङझाउ –चीन), १९ भदौ । अमेरिकाले सिरिया द्वन्द्वबारे सहमतिमा पुग्नज नसक्नुमा रसिया दोषी रहेको आइतबार बताएको छ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले यसअघि सिरिया द्वन्द्व अन्त्यका लगि सहमति गर्न रसिया र अमेरिका चौबिसै घण्टा लागिपरेको बताउनुभएको थियो ।
विश्व अर्थतन्त्रका प्रमुख बिस प्रमुख अर्थतन्त्रकाो समूह ‘जि–ट्वान्टी’ को शिखर सम्मेलनका क्रममा चीन आउनुभएका अमेरिकी राष्ट्रपति ओबामाले भन्नुभयो, “सिरिया द्वन्द्व समाधत्रानक लागि लागिपरे पनि यसलाई सल्टाउन निकै कठिन छ । यो साह्रै कठिन काम देखिएको छ ।”
अमेरिकाले सिरिया समस्या सम्बन्धमा हल भएका भनिएका मुद्दाबाट पुनः पछि हटी फेरि यसमा छलफल चलाउनुपर्ने बताएपछि अहिलेलाई सहमति प्रयास अन्त्य भएको बताउनुभयो ।
राष्ट्रपति ओबामाले अमेरिकी विदेशमन्त्री जोक केरी र रसियाली विदेशमन्त्री सर्गेइ लाभरोभ यस विषयमा हाङझाउमा सोमबार पुनः भेट गर्ने बताउनुभयो ।
अमेरिकी विदेशमन्त्री केरीले भन्नुभयो, “हामी आज आइतबार राति केही विषयमा पुनःविचार गर्दैछौँ । यसमा एक दुई तर जटिल मुद्दाबारे पुनःमूल्याङ्कन गरी सोमबार पुनः भेट्ने योजना छ ।” उहाँले जटिल मुद्दा के हुन् भन्नेबारे कही बताउन चाहनुभएन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री