
राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरको दर्शन गरेर फर्कनुहुँदै । तस्बिर ः प्रदीपराज वन्त,रासस
काठमाडोँ, १९ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तिजको अवसरमा आज साँझ पशुपतिनाथको दर्शन गर्नुभएको छ ।
राष्ट्रपति भण्डारी पशुपतिमा पुग्दा दर्शनका लागि लामबद्ध महिलाले हात हल्लाएर स्वागत गरेका थिए । उहाँलाई पशुपति क्षेत्र विकास कोषका सञ्चालक परिषद सदस्य एवम् कर्मचारीले मन्दिरको पश्चिमद्वारअघि स्वागत गरेका थिए ।
मन्दिर घुमेर राष्ट्रपति भण्डारीले पशुपतिनाथको दर्शन गर्नुभएपछि मूलभट्ट गणेश भट्टबाट प्रसाद ग्रहण गर्नुभएको कोषका सदस्य सचिव डा गोविन्द टन्डनले जानकारी दिनुभयो ।
तिजकै अवसरमा प्रधान न्यायाधीश सुशीला कार्कीले पनि आजै दिउँसो पशुपतिनाथको दर्शन गरी प्रसाद ग्रहण गर्नुभएको कोषले जनाएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा