
राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरको दर्शन गरेर फर्कनुहुँदै । तस्बिर ः प्रदीपराज वन्त,रासस
काठमाडोँ, १९ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तिजको अवसरमा आज साँझ पशुपतिनाथको दर्शन गर्नुभएको छ ।
राष्ट्रपति भण्डारी पशुपतिमा पुग्दा दर्शनका लागि लामबद्ध महिलाले हात हल्लाएर स्वागत गरेका थिए । उहाँलाई पशुपति क्षेत्र विकास कोषका सञ्चालक परिषद सदस्य एवम् कर्मचारीले मन्दिरको पश्चिमद्वारअघि स्वागत गरेका थिए ।
मन्दिर घुमेर राष्ट्रपति भण्डारीले पशुपतिनाथको दर्शन गर्नुभएपछि मूलभट्ट गणेश भट्टबाट प्रसाद ग्रहण गर्नुभएको कोषका सदस्य सचिव डा गोविन्द टन्डनले जानकारी दिनुभयो ।
तिजकै अवसरमा प्रधान न्यायाधीश सुशीला कार्कीले पनि आजै दिउँसो पशुपतिनाथको दर्शन गरी प्रसाद ग्रहण गर्नुभएको कोषले जनाएको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते