हाङझाउ (चीन), १९ भदौ । युरोपियन युनियनका अध्यक्ष डोनाल्ड टस्कले आइतबार शरणार्थीको थप प्रवाह धान्ने युरोपको क्षमता लगभग सकिएको बताउँदै अन्य अन्तराष्ट्रिय समुदायलाई आफ्नो जिम्मेवारी स्वीकार गर्न आग्रह गर्नुभएको छ ।
बीस प्रमुख अर्थतन्त्रको समूह ‘जी ट्वान्टी’को शिखर सम्मेलनका क्रममा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो — “शरणार्थीहरूको नयाँ प्रवाह व्यवस्थापन गर्ने हाम्रो क्षमता सीमाको नजिक पुगेको छ ।”
सिरियाको गृहयुद्धबाट बच्न गत वर्ष ठुलो सङ्ख्यामा शरणार्थी युरोप भित्रिएका थिए ।
मुसलमान आतङ्ककारी आक्रमण र बढ्दो विश्वव्यापीकरण विरुद्धको भावनाका कारण क्रूर द्वन्द्व पिडित शरणार्थीलाई आश्रय नदिने विषय त्यस क्षेत्रका नेताहरूका लागि तातो राजनीतिक विषयको रूपमा रहँदै आएको छ ।
तीन वर्षको एक सिरियाली बालकको ग्रिसको समुद्री तटमा डुवेर मृत्युभएको तस्बिर आप्रवासीले आफ्नो यात्रामा भोगेका पीडाको सङ्केतको रूपमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा अत्यधिक मात्रामा प्रकाशन भएका थिए । त्यसले आप्रवासीप्रतिको नकारात्मक भावना कम गराउन सहयोग गरेको थियो ।
टस्कले संसारभर छ करोड ५० लाख आप्रवासी रहेको बताउदै उनीहरूका लागि ‘जी ट्वान्टी’ ले जिम्मेवारी वहन गर्नुपर्ने बताउनुभयो ।
गत मार्चमा ईयु र टर्कीबीच आप्रवासीको प्रवाह रोक्ने विवादास्पद सम्झौता भएको थियो ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते