पशुपतिमा महिला दर्शनार्थीको भीड

हरितालिका तीजका अवसरमा आइतबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा दर्शन गर्न गएका व्रतालु महिला नाचगान गर्दै । तस्बिर ः रोशन सापकोटा, रासस

हरितालिका तीजका अवसरमा आइतबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा दर्शन गर्न गएका व्रतालु महिला नाचगान गर्दै । तस्बिर ः रोशन सापकोटा, रासस

काठमाडौँ, १९ भदौ । हरितालिका तीजका अवसरमा आज बिहान ३ बजेदेखि व्रतालु महिलाको पशुपतिनाथ मन्दिरमा भीड लागेको छ ।

पशुपति दर्शनका लागि बिहान ३ बजेदेखि नै लाइनमा बसेका महिलालाई वर्षाले प्रभाव पारेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । व्रतालु महिलाको लाइन उत्तरमा उमाकुण्ड, पश्चिममा जयबागेश्वरी र दक्षिणमा तिलगङ्गासम्म पुगेको कोषका सदस्यसचिव डा गोविन्द टन्डनले बताउनुभयो ।

दर्शनार्थीका लागि बिहान ३ः३० बजेदेखि पशुपतिनाथका चारै ढोका खोलिएको थियो । तीजका अवसरमा आज नौ लाख महिलाले पशुपतिनाथमा दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको उहाँले बताउनुभयो ।

आज पुरुषलाई पशुपति मन्दिर दर्शनमा निषेध गरिएको छ । कोषले यस वर्ष सशुल्क दर्शन बन्द गरेकाले सबै भक्तजन लामबद्ध भइबसेका छन् । यसपटक प्रहरीबाहेक स्वयम्सेवक पनि परिचालन नगरिएको कोषले जनाएको छ । देशभरका शिवालयमा पनि बिहानैदेखि व्रतालु महिला पूजा एवम् दर्शनका लागि पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री