रसिया र अमेरिकाको पहलमा सिरियामा छिट्टै शान्ति स्थापना हुने

150929145850-mexico-obama-putin-2012-super-169

भ्लादिभोस्टक (रसिया), १७ भदौ । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले एक रसियाली टेलिभिजनमा शुक्रबार प्रसारित अन्तवार्तामा मस्को र वासिङ्टनबीच सिरिया सम्वन्धमा सहकार्यका लागि सम्झौता छिट्टै हुने बताउनुभएको छ ।

वार्ता विस्तारै सकारात्मक दिशामा अघि बढेको भए पनि सहमतिमा नै पुगिसकेको अवस्था भने होइन, राष्ट्रपति पुटिनले बताउनुभयो । सिरियामा जारी द्वन्द्वले सिरियालगायत विश्व समुदायलाई चिन्तित बनाएको छ त्यसैले विश्वका दुई शक्तिशाली राष्ट्र रसिया र अमेरिका यसलाई समाधान गर्न लागिपरेको पुटिनको दाबी थियो ।

छलफलले ढिलो नगरिकनै एउटा खाका तयार पारी हाम्रो सहमति अन्तर्राष्ट्रिय समुदायबीच प्रस्तुत हुनेछ, राष्ट्रपति पुटिनले ब्लुमबर्ग टेलिभिजनसँगको अन्र्तवार्तामा शुक्रबार बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री