
लन्डन । शान्ति नेपाली समाज बेलायतले हिन्दू नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजका अवसरमा विशेष कार्यक्रम गरेको छ । सामसुङ ब्याङक्यूटिङ हलमा आयोजित उक्त कार्यक्रम जेष्ठ अतिथि कुन्तकला खरेल र कार्यक्रमका सभापति अध्यक्ष काशीनाथ शर्माले दीप प्रज्वलन गरि उद्घाटन गरेका थिए ।
उक्त अवसरमा तीज गीत, कविता, लाखे नाच प्रदर्शन भयो । कार्यक्रम संस्थाका अध्यक्ष काशीनाथ शर्माको अध्यक्षतामा भएको हो । सुनिता तिवारीले सञ्चालन गरेको उक्त कार्यक्रममा संस्थाका प्रवक्ता भुपेन्द्र पाठकले स्वागत मन्तव्य दिए ।
पञ्चकन्याबाट राष्ट्रिय गान, नेपाली शहीदप्रति मौनधारण गरेर शुरु कार्यक्रममा श्रीमती गोमा पौडेलले शुभकामना मन्तव्य दिइन् ।
कार्यक्रममा दिप्ती सापकोटाले वर्ष दिनको तीज आयो, सृष्टि के.सी. र दिपा न्यौपानेले हामी नेपाली नारी हौं, विनिता थापा, निशा खत्री र खुसी गिरीले सानो भयो मादलु, जानकी गिरी र बिष्णु माझीले मैं छोरी गीतमा नाचे भने अशोक भट्टराईले गीत गाए ।
सुजु खत्री लगायतका कलाकाकारहरूबाट गीत र नाच समेत प्रस्तुत भएको थियो । ठाकुर भट्टराईले कविता वाचन गरे । साथै अन्य कलाकारहरूले समेत आ आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा मनकामना महिला समूहकी अध्यक्ष सिता खरेल, बिन्दु पराजुलीका बुवा आमा ठाकुर भट्टराई र श्रीमती टाकी माया भट्टराई, ध्रुव खरेलका बुवा आमा डिलाराम खरेल र श्रीमती कुन्तकला खरेल, भुपेन्द्र पाठकका बावु आमा झपेन्द्र पाठक र श्रीमती लिलादेवी पाठक, नेत्रराज गिरीका बुवा आमा टेक बहादुर र श्रीमती खड्क कुमारी गिरी, गोकर्ण थापाका बुवा आमा योगासन सोदास बहादुर र श्रीमती तितेरा कुमारी थापा लगायत गल्कोट समाज यूकेका उपाध्यक्ष सुरेस भण्डारी र हाम्रो नेपाली समाज यूकेकी उपाध्यक्ष श्रीमती गोमा पौडेलको विशेष आतिथ्यता र करिव चार सयको उपस्थिति थियो ।
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
सञ्चारकर्मी टीकाराम यात्री बेलायतस्थित ए स्टार मोर्गेजेजको ‘ब्रान्ड एम्बास्डर’ नियुक्त
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण