
निजामति सेवा दिवस २०७३ का अवसरमा सामान्य प्रशासन मन्त्रालयमा शुक्रबार आयोजित राजनीति र प्रशासन बीचको अन्तरसम्बन्ध विषयक अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकी । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, १७ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानको कार्यान्वयन र आर्थिक समृद्धिका लागि वर्तमान सरकार पूर्ण क्रियाशीलताका साथ लागिपरेको बताउनुभएको छ ।
अग्रवाल सेवा केन्द्रले प्रधानमन्त्रीको सम्मानमा आयोजना गरेको अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आन्तरिक राष्ट्रिय एकताको सम्बद्र्धन गर्दै सबै वर्ग तथा क्षेत्रलाई एकतामा ल्याउने र संविधानको कार्यान्वयन गर्न सरकारले सबै उपाय अवलम्बन गरेको बताउनुभयो ।
मुलुकभित्रका तमाम समस्यालाई समाधान गर्दै आर्थिक समृद्धिको विकास तथा विस्तार गर्नु वर्तमान सरकारको प्रमुख दायित्व रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भारत र चीनजस्ता ठूला र उदाउँदा आर्थिक शक्ति सम्पन्न मुलुकसँग मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्रीले भन्नुभयो – “भारत र चीनको बीचमा तीव्र विकासबाट लाभ लिएर नेपालले आफ्नो समुन्नतिको मार्गप्रशस्त गर्नुपर्छ । त्यसलाई सदुपयोग गर्नुपर्छ ।”
मुलुकको आर्थिक समृद्धिका लागि सहयोग गर्न सक्ने महत्वपूर्ण समुदाय मारवाडी नै भएकाले मुलुक निर्माणको दिशामा लाग्न प्रधानमन्त्रीले मारवाडी समुदायलाई आग्रह गर्नुभयो ।
सांस्कृतिक, सामाजिक र आर्थिक रुपमा मारवाडी समुदाय आर्थिक विकास र गतिविधिमा केन्द्रित रहेको विषय पुष्टि भएको भन्दै उहाँले आगामी दिनमा थप सहयोगको कामना गर्नुभयो ।
नेपालको संविधानले समेट्न बाँकी रहेका केही विषयलाई संविधान संशोधनमार्फत समेट्ने प्रयासमा आफूहरु रहेको प्रधानमन्त्रीको धारणा थियो ।
कार्यक्रममा केन्द्रले मुलुकलाई सवल र सक्षम नेतृत्व गर्न र राष्ट्रिय समस्या समाधानमा पूर्णरुपमा क्रियाशील भएर लाग्न आग्रह गर्दै प्रधानमन्त्री दाहाललाई सम्मान गरेको थियो ।
केन्द्रका अध्यक्ष महेशकुमार चौधरी, उद्योगी वसन्तकुमार चौधरी, राजेन्द्र खेतानलगायतले आर्थिक विकासका लागि सरकारले तत्काल अपनाउनुपर्ने विभिन्न कदमका बारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।
सामाजिक सेवामा क्रियाशील अग्रवाल सेवा केन्द्र २०४७ सालमा स्थापित सामाजिक संस्था हो ।
केन्द्रले निःशुल्क एम्बुलेन्स सेवा, निःशुल्क खानेपानी सेवा, स्वास्थ्य शिविर, बाढी पहिरोपीडितलाई सहयोग, निःशुल्क खानेपानी सेवा, बृहद् रक्तदान कार्यक्रमजस्ता सामाजिक काम गर्दै आएको सो अवसरमा जानकारी गराइएको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा