
लन्डन । भोलि शनिबार (३ सेप्टेम्बर) वेम्ली पार्कमा हुन लागेको १४ औं लन्डन मेलामा लन्डनस्थित नेपाली दूतावास र नेपाल पर्यटन बोर्डको समेत सहभागिता हुने भएको छ । नेपाली कला संस्कृति एवं पर्यटन प्रवर्धन गर्ने उद्देश्यले दूतावास र बोर्डको सहभागिता हुन लागेको कार्यवहाक राजदूत शरदराज आरनले जानकारी दिए । दूतावासले बेग्लै स्टल राखेर त्यहांबाट नेपाल पर्यटन प्रवर्धनात्मक सामाग्री वितरण गरिने पनि अरनले बताए । यसका लागि नेपाल पर्यटन बोर्डका बेलायत प्रतिनिधि पशुपति भण्डारीले सहकार्य गरिरहेका छन् । मेलामा नेपाली गीत संगीत र नाच गरि तीनवटा प्रस्तुति समेत हुनेछ । दूतावासले मेलामा सहभागी भएर आफ्नो अभियानमा साथ दिन सबैमा आग्रह गरेको छ ।
सन् २०१० देखि नै दूतावास लन्डन मेलामा प्रत्यक्ष सहभागी हुंदै आएको छ । मेलामा विगत जस्तै यसपटक पनि प्रथम नौमति बाजा गुल्मी यूकेले आफ्नो प्रस्तुति दिने कार्यक्रम छ । दिउसो ब्रेन्ट मेयर काउन्सिलर परवेज अहमेदले ब्रेन्ट सिभिक सेन्टरमा दिन लागेको रिसेप्सनमा कार्यवहाक राजदूतसहित नेपाली समुदायका विशिष्ठ व्यक्तित्वलाई निम्त्याइएको छ । सो अवसरमा लन्डन मेयर सादिक खानले समेत मन्तव्य दिने कार्यक्रम छ ।
विगतमा गनर्सबरी पार्कमा हुंदै आएको जि लन्डन मेला यसपटक वेम्ली पार्कमा हुने लागेको हो । १२ देखि सांझ ७ बजेसम्म हुने उक्त मेलामा प्रवेश निशुल्क गरिएको छ र यसमा करिब ४० हजार दर्शक सहभागी हुने अपेक्षा छ । दक्षिण एसियाली संस्कृति झल्काउने उक्त मेलामा गीत संगीत, खाना र कलाको समेत समिश्रण रहनेछ ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ