
काठमाडौँ, १४ भदौ । जिल्ला खाद्य सुरक्षा सञ्जालले १३ जिल्लाका २१२ गाविसमा यस वर्ष खाद्यान्य अभाव हुने जनाएको छ ।
कृषि विकास मन्त्रालयअन्तर्गत विश्व खाद्य कार्यक्रमले २०७२ चैतदेखि २०७३ असारसम्म गरेको अध्ययनले उक्त जानकारी गराएको कृषि मन्त्रालयबाट आज जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अभाव हुने जिल्लाका गाविसमा अछामका २५, बैतडीका १४, बझाङका १६, बाजुराका १४, डोटीका १८, हुम्लाका १९, डोल्पाका छ, कालीकोटका आठ, मुगुका १४ धादिङका १६, गोर्खाका १३, नुवाकोटको नौ र सिन्धुपाल्चोकका ४० रहेका छन् ।
खाद्य अभावको प्रमुख कारणका रुपमा खाद्य सञ्चितमा कमी, हिउँदे बाली उत्पादनमा ह्रास हुनु, मनसुनी वर्षका कारण बाढीपहिरो र सडक आगमनमा समस्या रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । घर र खानेपानीको आपूर्तिमा भएको क्षतिका कारण अन्नबाली सञ्चीत र खानेपानीको आपूर्तिमा समेत समस्या आएको मन्त्रालयबाट जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यसैगरी मध्य तथा सुदूरपश्चिमका धेरै जिल्लामा हिउँदे खडेरीका कारण गत वर्षको तुलनामा हिउँदे बालीको उतपादन विशेष गरी गहुँमा उल्लेख्य कमी आएको छ । बाजुरामा ३६ प्रतिशत, बझाङमा ४३ प्रतिशत, बैतडीमा ५० प्रतिशतले कमी आएको कृषि मन्त्रालयका वरिष्ठ तथ्याङ्क अधिकृत दिनेश भट्टराईले जानकारी दिनुभयो ।
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
मदनकृष्ण श्रेष्ठको स्वर र अभिनयमा ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक