
काठमाडौँ, १४ भदौ । जिल्ला खाद्य सुरक्षा सञ्जालले १३ जिल्लाका २१२ गाविसमा यस वर्ष खाद्यान्य अभाव हुने जनाएको छ ।
कृषि विकास मन्त्रालयअन्तर्गत विश्व खाद्य कार्यक्रमले २०७२ चैतदेखि २०७३ असारसम्म गरेको अध्ययनले उक्त जानकारी गराएको कृषि मन्त्रालयबाट आज जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अभाव हुने जिल्लाका गाविसमा अछामका २५, बैतडीका १४, बझाङका १६, बाजुराका १४, डोटीका १८, हुम्लाका १९, डोल्पाका छ, कालीकोटका आठ, मुगुका १४ धादिङका १६, गोर्खाका १३, नुवाकोटको नौ र सिन्धुपाल्चोकका ४० रहेका छन् ।
खाद्य अभावको प्रमुख कारणका रुपमा खाद्य सञ्चितमा कमी, हिउँदे बाली उत्पादनमा ह्रास हुनु, मनसुनी वर्षका कारण बाढीपहिरो र सडक आगमनमा समस्या रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । घर र खानेपानीको आपूर्तिमा भएको क्षतिका कारण अन्नबाली सञ्चीत र खानेपानीको आपूर्तिमा समेत समस्या आएको मन्त्रालयबाट जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यसैगरी मध्य तथा सुदूरपश्चिमका धेरै जिल्लामा हिउँदे खडेरीका कारण गत वर्षको तुलनामा हिउँदे बालीको उतपादन विशेष गरी गहुँमा उल्लेख्य कमी आएको छ । बाजुरामा ३६ प्रतिशत, बझाङमा ४३ प्रतिशत, बैतडीमा ५० प्रतिशतले कमी आएको कृषि मन्त्रालयका वरिष्ठ तथ्याङ्क अधिकृत दिनेश भट्टराईले जानकारी दिनुभयो ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते