
काठमाडौँ, १३ भदौ । प्रहरीले काठमाडौँ उपत्यकाभित्र गैरकानुनी तवरले हुन्डीको कारोबार गरी राजस्व छली गरिरहेकालाई आज विभिन्न स्थानबाट रु एक करोड ७२ लाख ३७ हजार ५०० र भारु एक लाख सहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रु ६३ लाख ५० हजार सहित नयाँ सडकस्थित अनु ट्रेडिङका सञ्चालक भारत राजस्थानका पवनकुमार अग्रवाल, रु १० लाख, भारु एक लाख र विभिन्न बैंकका ४९ थान चेक ४९ सहित प्युखास्थित विन्देश्वरी ब्याग एन्ड रेडिमेड उद्योगका सञ्चालक हाल सिरहा बरियापट्टी बस्ने गोविन्दमान श्रेष्ठ तथा रु १८ लाखका साथ कारोबार गर्न आएका नुवाकोट, चौघडाका कुमार राई छन् ।
त्यसैगरी रु १९ लाख ७१ हजार ५०० सहित कामपा–२४ स्थित माई पाथीभरा ट्रेडर्सका सञ्चालक तथा हाल झापा, शनिअर्जुन बस्ने निर्दोष प्रसाईं, रु ३२ लाख ५० हजारका साथ सोही ट्रेडर्समा कारोबार गर्न आएका हाल सिन्धुपाल्चोक, बाह्रबिसेका राजन पौडेल, रु ११ लाख ५० हजार सहित कारोबार गर्न आएका रामेछाप, प्रीतिका टलबहादुर तामाङ, रु १२ लाख सहित अर्का कारोबारी हाल झापा, राजगढ बस्ने अमित खरेल र पाँच लाख १६ हजारका साथ झापा, दमक बस्ने रोहित दुलाललाई प्रहरीले पक्राउ गरेको छ ।
अभियुक्त आठ जनालाई थप कारबाहीका लागि आजै राजस्व अनुसन्धान विभाग पुल्चोक ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते