
श्रीनगर (काश्मिर), १० भदौ । भारतको काश्मिर क्षेत्रमा विगत केही हप्तादेखि जारी आन्दोलन र बन्दका कारण कम्तिमा छ खर्ब ४० अर्ब भारतीय रुपैया बराबरको क्षति राज्यले व्यहोर्नु परेको काश्मिर ट्रेडर्स एन्ड मेनुफ्याक्चर्स फेडेरेसनले बताएको छ ।
काश्मिरमा पर्यटक र अन्य व्यापारिक गतिविधि विगत ४९ दिनदेखि यहाँ जारी हड्तालका कारण पूर्णतया बन्द छन् ।
हिज बुल्लाह मुजाहिद्दीन नेता बुरहान बानीको सरकारी सुरक्षाकर्मीसँगको झडपमा मृत्यु भएपछि भड्केको हिंसाका कारण यहाँ ६६ जनाले ज्यान गुमाएको सरकारी तथ्याङ्क छ ।
काश्मिरको अनन्तनाग जिल्लाबाट फैलिएको हिंसाले काश्मिरको जनजीवनलाई नराम्ररी प्रभावित पारेको छ भने बन्द तथा हडतालका कारण व्यापारिक, पर्यटकीय लगायतका नियमित गतिविधिमा नराम्रो असर पर्दा छ खर्ब ४० अर्ब बराबरको घाटा यस क्षेत्रले व्यहोर्नु परेको फेडेरेसनका अध्यक्ष मोहमद यसिन खाँले बताउनुभयो ।
यो तथ्याङ्क छ महिना पहिले हुने गरेको दैनिक कारोबारका आधारमा निकालिएको अध्यक्ष खाँको दाबी छ ।
काश्मिरमा हड्ताल तथा बन्दका कारण दैनिक १३ अर्ब ५० करोड बराबरको घाटा हुने गरेको खाँले बताउनुभयो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा