
श्रीनगर (काश्मिर), १० भदौ । भारतको काश्मिर क्षेत्रमा विगत केही हप्तादेखि जारी आन्दोलन र बन्दका कारण कम्तिमा छ खर्ब ४० अर्ब भारतीय रुपैया बराबरको क्षति राज्यले व्यहोर्नु परेको काश्मिर ट्रेडर्स एन्ड मेनुफ्याक्चर्स फेडेरेसनले बताएको छ ।
काश्मिरमा पर्यटक र अन्य व्यापारिक गतिविधि विगत ४९ दिनदेखि यहाँ जारी हड्तालका कारण पूर्णतया बन्द छन् ।
हिज बुल्लाह मुजाहिद्दीन नेता बुरहान बानीको सरकारी सुरक्षाकर्मीसँगको झडपमा मृत्यु भएपछि भड्केको हिंसाका कारण यहाँ ६६ जनाले ज्यान गुमाएको सरकारी तथ्याङ्क छ ।
काश्मिरको अनन्तनाग जिल्लाबाट फैलिएको हिंसाले काश्मिरको जनजीवनलाई नराम्ररी प्रभावित पारेको छ भने बन्द तथा हडतालका कारण व्यापारिक, पर्यटकीय लगायतका नियमित गतिविधिमा नराम्रो असर पर्दा छ खर्ब ४० अर्ब बराबरको घाटा यस क्षेत्रले व्यहोर्नु परेको फेडेरेसनका अध्यक्ष मोहमद यसिन खाँले बताउनुभयो ।
यो तथ्याङ्क छ महिना पहिले हुने गरेको दैनिक कारोबारका आधारमा निकालिएको अध्यक्ष खाँको दाबी छ ।
काश्मिरमा हड्ताल तथा बन्दका कारण दैनिक १३ अर्ब ५० करोड बराबरको घाटा हुने गरेको खाँले बताउनुभयो ।
११ देशका स्रष्टाहरु मुन्दुम पदमार्गमा, कुन देशबाट को ?
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग