
नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री गगनकुमार थापा मन्त्रालयमा शुक्रबार आफ्नो पदभार ग्रहण गर्दै । तस्बिर ः प्रदीपराज वन्त, रासस
काठमाडौँ, १० भदौ । स्वास्थ्य मन्त्री गगनकुमार थापाले आफूले कुनै गल्ती नगरी काम गर्ने र गल्ती गर्न खोज्नेलाई सहयोग पनि नगर्ने बताउनुभएको छ
आज मन्त्रालयमा पदभार ग्रहण गर्दै उहाँले अहिलेको पुस्ताको प्रतिनिधि भएकाले आफूले गलत गरे सिङ्गो पुस्तालाई अन्याय हुने र आफूप्रतिको विश्वास पनि गुम्ने भएकाले कुनै गल्ती नगरी काम गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘मप्रतिको विश्वास भनेको एउटा पुस्ताप्रतिको विश्वास हो । त्यसैले मैले त्यो विश्वास तोड्नु हुन्न ।’ आफूले पाएको जिम्मेवारी सामान्य जिम्मेवारी नभएको आफूलाई हेक्का रहेकाले काम गर्ने क्रममा उच्च नैतिकता र सम्पूर्ण क्षमता देखाउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।
उहाँले स्वास्थ्य क्षेत्रमा रहेका समस्यालाई समाधान गर्न निष्ठापूर्वक सत्यका पक्षमा रही काम गर्ने दोहोरयाउनुभयो ।
पदभारपछि उहाँले पहिलो निर्णय युवा सरोकारको विषयमा गर्दै नेपाली युवा वैदेशिक रोजगारीमा रहेकाले उनीहरुसँग सम्बन्धित विषयमा पहिलो हस्ताक्षर गर्नुभएको छ ।
मन्त्री थापालाई स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतीले वैदेशिक रोजगारीमा जाने युवाको स्वास्थ्य परीक्षण प्रतिवेदन गलत हुने गरेको विषयमा विशेषज्ञ समिति गठन भएको जानकारी गराउनुभएको थियो ।
गलत प्रतिवेदनका कारण वैदेशिक रोजगारीमा जाने युवाले समस्या परेको भन्दै मन्त्रालयमा पटकपटक उजुरी दिने गरेका छन् । यही विषयलाई लक्षित गर्दै गठित यो विशेषज्ञ समितिले छानबिन गर्नेछ ।
मेडिकल काउन्सिलका एक चिकित्सक, श्रम तथा यातायात मन्त्रालयका कानुन अधिकृत, नेपाल स्वास्थ्य व्यवसायी महासङ्घको अध्यक्ष वा प्रतिनिधि र वैदेशिक रोजगारीबाट फर्किएको मध्येबाट एक जना सदस्य रहनेछन् ।
विसं २०३३ मा सोलुखुम्बुमा जन्मनुभएका मन्त्री थापाले नेपाल विद्यार्थी सङ्घमा महामन्त्रीको पदभार पनि सम्भाल्नुभएको थियो । हाल काठमाडाँै क्षेत्र ४ बाट प्रत्यक्ष निर्वाचित भई सांसद हुनुहुन्छ ।
युवामा चर्चित, लोकप्रिय नेताको रुपमा रहनुभएका उहाँ प्रखर, स्पष्टवक्ताको रुपमा परिचित हुनुहुन्छ ।
विश्वकप लिग-२ : युएईमाथि नेपालको जित
बेलायतमा २४औं गोर्खा कप २४ मेमा, प्रतियोगिताको तयारी तीव्र
तमु धीं यूकेका पूर्वअध्यक्ष मेजर लालबहादुर गुरुङको ७६ वर्षको उमेरमा निधन
साँचो क्रान्ति ‘क’बाट होइन, ‘ज्ञ’बाट सुरु हुन्छ : प्रधानमन्त्री वालेन्द्र शाह
अवैध सुकुटी बिक्री गरेकोमा बेलायत अल्डरसटको ‘भिन्तुना’ रेस्टुरेन्ट दोषी
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
सीएनसीबीजी यूकेले काठमाडौंमा खोल्यो सम्पर्क कार्यालय