
रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको ग१ख ३७०९ नम्बरको रात्रिबस शुक्रबार बिहान नारायणगढ–मुग्लिन सडकखण्डको चण्डिभञ्ज्याङ गाउँ विकास समितिको कालीखोला नजिकैबाट त्रिशूली नदीमा खस्दा २१ जनाको मृत्यु भएको छ भने १७ जना घाइतेको उद्धार भएको छ । तस्बिर ः नारायण अधिकारी, चितवन, रासस
चितवन, १० भदौ । रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको रात्रिबस आज बिहान नारायणगढ–मुग्लिन सडकखण्डको चण्डिभञ्ज्याङ गाउँ विकास समितिको कालीखोला नजिकैबाट त्रिशूली नदीमा खस्दा २१ जनाको मृत्यु भएको छ भने १७ जना घाइतेको उद्धार भएको छ ।
सो बस पृथ्वी राजमार्ग बस सञ्चालक समितिद्वारा सञ्चालित बस हो । ग १ ख ३७०९ नंको सो बसमा गौरबाट ३० जना र चन्द्रनिगाहपुरबाट सातजना यात्रु चढेको समितिका महासचिव योगेन्द्र केसीले बताउनुभयो । अन्य दुईजना नदीमा हराइरहेको आशङ्का गरिएको छ । उनीहरुको खोजी कार्य जारी रहेको छ । चालक र सहचालकको अवस्थाबारे जानकारी हुन नसकेको प्रहरीले जनाएको छ ।
मृतकको सनाखत हुन नसके पनि अधिकांश यात्रु मुग्लिनबाट पोखरातर्फका भएको केसीले बताउनुभयो । आँबुखैरेनी, दमौली, खैरेनीटार र पोखरा क्षेत्रका यात्रु रहेको केसीले बताउनुभयो । बिहीबार साँझ ६ बजे सो बस गौरबाट छुटेको केसीले जानकारी दिनुभयो ।
बिहान ४ः४५ बजे बस त्रिशूलीमा खसेको प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले बताउनुभयो । कुँवरको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरी विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारको टोली उद्धारमा जुटेको छ ।
केही घाइतेलाई उपचारका लागि भरतपुरका अस्पतालमा ल्याइएको छ भने केहीलाई ल्याइँदैछ । मुग्लिनबाट साढे दुई किलोमिटर नारायणगढतर्फ सडकबाट झन्डै एकसय मिटर तल बस त्रिशूली नदीमा खसेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान त्रिशूलीमा भएको बस दुर्घटनामा परी निधन भएका नागरिकप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेको तत्काल उद्धार गर्न स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री दाहालले आज चितवन जिल्ला प्रशासनलाई सो निर्देशन दिनुभएको प्रधानमन्त्रीका स्वकीय उपसचिव मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीले तत्काल घाइतेको उद्धार गर्न र उनीहरुको उपचारको प्रबन्ध गर्न जिल्ला प्रशासन र स्थानीय पार्टी पङ्क्तिलाई निर्देशन दिनुभएको हो ।
दुर्घटनामा परी २१ यात्रुको निधन भएको मुग्लिन प्रहरीले जानकारी दिएको छ भने १३ जनाको उद्धार गरिएको छ । घाइतेलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको छ ।
गएराति बस दुर्घटनामा परेको भए पनि बिहान ४ बजे गस्तीमा गएको प्रहरीले बस नदीमा तैरिरहेको देखेपछि उद्धार सुरु गरेको जनाइएको छ ।
काठमाडौँ, १० भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले बस दुर्घटना भई त्रिशूली नदीमा खस्दा भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता ध्रुवराज आचार्यद्वारा आज यहाँ जारी विज्ञप्तिमा राष्ट्रपति भण्डारीले सो घटनामा परी मृत्यु भएका शोक सन्तप्त परिवारप्रति भावपूर्ण समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गर्नुभएको छ ।
विगत केही समयदेखि यस प्रकारका सडक दुर्घटनाको क्रम बढेकाले भविष्यमा यस्ता दुःखद घटना नदोहोरिनेतर्फ सरोकारवाला सबैको समयमै ध्यान पुग्ने विश्वाससमेत व्यक्त गरिएको विज्ञप्तिमा जनाइएको छ ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त