अमात्रिस (इटाली), ९ भदौ । इटालीमा बुधबार बिहान गएको शक्तिशाली भूकम्पमा परी ज्यान जानेको सङ्ख्या बिहीबार करिब २५० पुगेको छ ।
उद्वारको कार्य जारी रहेको छ र उद्वारकर्मीहरूका अनुसार अझै पनि कैयौँ व्यक्ति पुरिएर रहेका छन् । सो भूकम्पका कारण सयौँ घर ध्वस्त भएको बताइए तापनि तर धनजनको क्षतिको पूर्ण विवरण आइसकेको छैन ।
अमात्रिसमा मात्र २ सयभन्दा बढी व्यक्तिको मृत्यु त्यहाँ मेयर सर्गीओ पिरोजीले बताएका छन् ।
इटालीको अमात्रिसको गाउँको जनसङ्ख्या करिब २ हजार ५ सय मात्र रहेको भएता पनि भूकम्पले अति प्रभावित यस इकालामा पाहुनाहरू रहेका बताइएको छ । अमात्रिस गाउँमा अवस्थित होटेल रोमामा बसेका करिब ३२ जना पाहुना बेपक्ता भएका छन् ।
बुधबार बिहान सवेरै ६.२ रिक्टर स्केलको भूकम्प गएको हुनाले हताहत हुने व्यक्तिहरू सङ्ख्या बढी भएको बताइएको छ । सो भूकम्पमा परी करिब ३६८ जना घाइते भएका छन् ।
इटालीको नागरिक प्रतिरक्षा विभागले दिएको जानकारीअनुसार भूकम्पको उद्धारमा खटिएका उद्धारकर्मीहरूले अझै पनि धेरै व्यक्ति भग्नावशेषमा पुरिएर रहेकाले मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने बताएका छन् ।
इटालीका दुर्गम गाउँहरू उमरिया, मार्के र लाजियोमा यस भूकम्पले बढी क्षति पुरयाएको बताइएको छ ।
इटालीमा सन् २००९ पछिको यो सबैभन्दा शक्तिशाली भूकम्प हो । सन् २००९ मा यहाँ गएको भूकम्पमा परी कम्तीमा पनि ३०० जनाको ज्यान गएको थियो ।
हिजो दिनभरी र गएराति पनि उद्वारकर्मीहरूले कैयौंँ व्यक्तिलाई भग्नावशेषबाट जीवितै उद्वार गरेको नागरिक प्रतिरक्षा विभागले जनाएको छ ।
यसको उद्धारका लागि ठूलो सङ्ख्याका सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ । शक्तिशाली भूकम्पपछिका पराकम्पहरूका कारण जनजीवन त्रसित भएको बताइएको छ ।
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ