अमात्रिस (इटाली), ८ भदौ । इटालीमा बुधबार बिहान गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या १५९ जना पुगेको यहाँका अधिकारीले बताएका छन् । भूकम्पबाट कम्तीमा ३६० जना घाइते भएका बीबीसीले जनाएको छ ।
अमात्रिसका नगर प्रमुख सर्जियो पिरोजीले इटालीका तीन वटा सहरमा व्यापक मानवीय क्षति भएको आशङ्का गरिएको बताए ।
भूकम्पले भत्काएका भवनका भग्नावशेषमा पुरिएर रहेका जीवितै हुनसक्ने मानिसको उद्धारमा ठूलो सङ्ख्यामा उद्धारकर्मी खटाइएको छ ।
सहरमा ठूलाठूला भवनहरुमा समेत भूकम्पका कारण क्षति पुगेको र केही पूर्णरुपमा भत्केका कारण भग्नावशेषभित्रै धेरै मानिस पुरिएको बताइएको छ ।
नगर प्रमुख पिरोजीले मृतक सङ्ख्यामा निकै वृद्धि हुनसक्ने बताए ।