काठमाडौँ, ८ भदौ । सत्ता साझेदार दल नेपाली काँग्रेसमा सरकारमा सहभागी हुने मन्त्रीको नामावली पठाउने विषयमा विवाद चुलिएको छ ।
काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी हुन बाँकी मन्त्रीको नाम आज टुङ्गो लगाउने भने पनि हालसम्म त्यसमा सहमति हुन सकेको छैन ।
पार्टीमा सभापति शेरबहादुर देउवा पक्षले मन्त्रीको नाम टुङ्गो लगाए पनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने नाम पठाएको छैन । मन्त्रीको नामावली टुङ्गो लगाउनेबारेमा छलफल गर्न आज नेता पौडेल निवास बोहराटारमा सो पक्षका केन्द्रीय सदस्य र सांसदको भेला भएको थियो ।
भेलाले सभापति देउवाले मन्त्रीको नाम टुङ्गो लगाउने कार्यमा पार्टीको विधि, परम्परा र पद्धति पालना नगरेको आरोप लगाउँदै तत्काल सरकारमा सहभागिताको काम अघि नबढाउने निर्णय गरेको केन्द्रीय सदस्य गुरुराज घिमिरेले जानकारी दिनुभयो ।
काँग्रेसले वर्तमान सरकारमा १३ मन्त्रालय पाउने नेकपा (माओवादी केन्द्र) सँग सहमति भएको थियो । नेता पौडेल पक्षले पाँच मन्त्रालयको दाबी गरे पनि सभापति देउवा पक्ष भने त्यसमा सहमत नभएको बताइएको छ । नेता पौडेल पक्षले सरकारमा सहभागिताका लागि सम्मानजनक अवस्था नभए सरकारमा नजाने निर्णय गरेको उहाँले बताउनुभयो ।
भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको महाधिवेशनका कारण काँग्रेसले मन्त्रीको नाम पठाउन ढिलाइ गरेको थियो । काँग्रेसले यसअघि उपप्रधान एवम् गृहमन्त्रीमा विमलेन्द्र निधि र भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्रीमा रमेश लेखकलाई पठाइसकेको छ ।
यद्यपि नेता पौडेल पक्षको भेलामा सहभागी नेता बलबहादुर केसीले भने सभापतिलाई पार्टीको विधिविधान र परम्परा कार्यान्वयन गर्न आग्रह गर्नेबारेमा छलफल भएको बताउनुभयो । “अहिलेको अवस्थामा सबैलाई मिलाएर लैजाने जिम्मेवारी सभापति देउवाको हो”– उहाँले भन्नुभयो ।
काँग्रेस सभापति शेरबहादुर देउवा शुक्रबार उपचारका लागि सिङ्गापुर जाने कार्यक्रम भएकाले त्यसअघि नै काँग्रेसबाट सहभागी हुने सबै मन्त्रीलाई शपथ गराउने तय भएको थियो । माओवादी केन्द्रले भने आफूले पाउने सबै आठ मन्त्रालयमा मन्त्री पठाइसकेको छ ।
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा