काठमाडौँ, ८ भदौ । सत्ता साझेदार दल नेपाली काँग्रेसमा सरकारमा सहभागी हुने मन्त्रीको नामावली पठाउने विषयमा विवाद चुलिएको छ ।
काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी हुन बाँकी मन्त्रीको नाम आज टुङ्गो लगाउने भने पनि हालसम्म त्यसमा सहमति हुन सकेको छैन ।
पार्टीमा सभापति शेरबहादुर देउवा पक्षले मन्त्रीको नाम टुङ्गो लगाए पनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने नाम पठाएको छैन । मन्त्रीको नामावली टुङ्गो लगाउनेबारेमा छलफल गर्न आज नेता पौडेल निवास बोहराटारमा सो पक्षका केन्द्रीय सदस्य र सांसदको भेला भएको थियो ।
भेलाले सभापति देउवाले मन्त्रीको नाम टुङ्गो लगाउने कार्यमा पार्टीको विधि, परम्परा र पद्धति पालना नगरेको आरोप लगाउँदै तत्काल सरकारमा सहभागिताको काम अघि नबढाउने निर्णय गरेको केन्द्रीय सदस्य गुरुराज घिमिरेले जानकारी दिनुभयो ।
काँग्रेसले वर्तमान सरकारमा १३ मन्त्रालय पाउने नेकपा (माओवादी केन्द्र) सँग सहमति भएको थियो । नेता पौडेल पक्षले पाँच मन्त्रालयको दाबी गरे पनि सभापति देउवा पक्ष भने त्यसमा सहमत नभएको बताइएको छ । नेता पौडेल पक्षले सरकारमा सहभागिताका लागि सम्मानजनक अवस्था नभए सरकारमा नजाने निर्णय गरेको उहाँले बताउनुभयो ।
भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको महाधिवेशनका कारण काँग्रेसले मन्त्रीको नाम पठाउन ढिलाइ गरेको थियो । काँग्रेसले यसअघि उपप्रधान एवम् गृहमन्त्रीमा विमलेन्द्र निधि र भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्रीमा रमेश लेखकलाई पठाइसकेको छ ।
यद्यपि नेता पौडेल पक्षको भेलामा सहभागी नेता बलबहादुर केसीले भने सभापतिलाई पार्टीको विधिविधान र परम्परा कार्यान्वयन गर्न आग्रह गर्नेबारेमा छलफल भएको बताउनुभयो । “अहिलेको अवस्थामा सबैलाई मिलाएर लैजाने जिम्मेवारी सभापति देउवाको हो”– उहाँले भन्नुभयो ।
काँग्रेस सभापति शेरबहादुर देउवा शुक्रबार उपचारका लागि सिङ्गापुर जाने कार्यक्रम भएकाले त्यसअघि नै काँग्रेसबाट सहभागी हुने सबै मन्त्रीलाई शपथ गराउने तय भएको थियो । माओवादी केन्द्रले भने आफूले पाउने सबै आठ मन्त्रालयमा मन्त्री पठाइसकेको छ ।
बेल्जियममा भव्यताका साथ तमु ल्होसार कार्यक्रम सम्पन्न
ल्होछारको अवसरमा तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा ग्रहशान्ति तथा शुद्धीकरण पूजा सम्पन्न
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
सत्य बोल्ने साहस: नोबेल विजेता रिगोबर्टाको कथा
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण