
काठमाडौँ, ६ भदौ । मन्त्रिपरिषद्ले मङ्गलबारसम्म पूर्णता पाउने भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनसँग प्रधानमन्त्री पुष्पकमल दाहालले आज उपराष्ट्रपतिको कार्यालय बहादुर भवनमा भेटी मङ्गलबारसम्म आफ्नो नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाउने जानकारी गराउनुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिनुभयो ।
भेटमा उपराष्ट्रपतिले उपराष्ट्रपतिको कार्यालय र आवासका बारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो । उपराष्ट्रपतिले अन्तरिम संविधान २०६३ को व्यवस्थानुसार उपराष्ट्रपतिको व्यवस्था भए पनि हालसम्म उपराष्ट्रपति कार्यालयको आफ्नै भवन नभएकामा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले उपराष्ट्रपतिको कार्यालय र आवास एउटै स्थानमा हुने गरी उपराष्ट्रपति भवनका लागि स्थान तोकिदिन प्रधानमन्त्रीलाई अनुरोध गर्नुभयो । प्रधानमन्त्री दाहालले उपराष्ट्रपतिको कार्यालय र निवास भवनका लागि आफू गम्भीर भएको बताउँदै मन्त्रिपरिषद्ले पूर्णता पाउनासाथ निर्णय लिइने बताउनुभयो ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा