
मनिला, ६ भदौ । फिलिपिन्सको कम्युनिष्ट विद्रोही समूह, मोरो स्लामिक लिबरेशन फ्रन्ट र यहाँको सरकारबीच शान्ति वार्ता सुरु हुने तयारी भएको बताइएको छ ।
सरकार र विद्रोहीका तर्फबाट यसअघि नै युद्धविराम भइसकेको छ । वार्ताका लागि दुबै तर्फबाट प्रतिबद्धता सार्वजनिक भएको छ ।
सरकार र विद्रोही समूहबीच शान्ति वार्ता सोमबारबाटै सुरु हुने कार्यक्रम रहेको छ । सरकारी र विद्रोही पक्षका वार्ता टोलीका सदस्यहरु वार्ताका लागि ओश्लो पुगिसकेका छन् ।
यसअघि दिइएको जानकारी अनुसार सरकारी वार्ता टोली र विद्रोहीपक्षबीचको वार्ता अगष्ट २२ देखि २६ सम्म नर्वेको राजधानी ओश्लोमा हुने सार्वजनिक गरिएको थियो ।
यस वार्ताका लागि गतहप्तामात्र जेलमुक्त भएका फिलिपिन्सको विद्रोही कम्युनिष्ट पार्टीका वरिष्ठ दुई जना नेता पनि ओश्लो पुगेको खबर छ । उनीहरुलाई गतहप्ता नै सरकारी जेलबाट मुक्त गरिएको थियो ।
उक्त समूहबीच यसअघि भएको शान्ति सम्झौताको कार्यान्वयनका लागि हालै एक सम्झौता भएको थियो । करिब आठदिन अघि नै सो सम्झौता लागू भएको बताइएको छ ।
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले शनिबार साँझ सरकारका तर्फबाट युद्धविरामको घोषणा गर्नुभएको थियो । त्यसपछि शान्ति वार्ताको सफलताका लागि आह्वान पनि उहाँले गर्नुभएको जनाइएको छ ।
मलेसियाको सहयोग र समन्वयमा सन् २०१४ मा उक्त विद्रोही समूह र सरकारबीच शान्ति वार्ता भएको थियो तर त्यसले सफलता भने प्राप्त गर्न सकेको थिएन ।
यस पटकको शान्तिवार्ताबाट निकास निस्किनेमा सबैजना आश्वस्त रहेको मनिलाबाट प्राप्त समाचारमा जनाइएको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते