
मनिला, ६ भदौ । फिलिपिन्सको कम्युनिष्ट विद्रोही समूह, मोरो स्लामिक लिबरेशन फ्रन्ट र यहाँको सरकारबीच शान्ति वार्ता सुरु हुने तयारी भएको बताइएको छ ।
सरकार र विद्रोहीका तर्फबाट यसअघि नै युद्धविराम भइसकेको छ । वार्ताका लागि दुबै तर्फबाट प्रतिबद्धता सार्वजनिक भएको छ ।
सरकार र विद्रोही समूहबीच शान्ति वार्ता सोमबारबाटै सुरु हुने कार्यक्रम रहेको छ । सरकारी र विद्रोही पक्षका वार्ता टोलीका सदस्यहरु वार्ताका लागि ओश्लो पुगिसकेका छन् ।
यसअघि दिइएको जानकारी अनुसार सरकारी वार्ता टोली र विद्रोहीपक्षबीचको वार्ता अगष्ट २२ देखि २६ सम्म नर्वेको राजधानी ओश्लोमा हुने सार्वजनिक गरिएको थियो ।
यस वार्ताका लागि गतहप्तामात्र जेलमुक्त भएका फिलिपिन्सको विद्रोही कम्युनिष्ट पार्टीका वरिष्ठ दुई जना नेता पनि ओश्लो पुगेको खबर छ । उनीहरुलाई गतहप्ता नै सरकारी जेलबाट मुक्त गरिएको थियो ।
उक्त समूहबीच यसअघि भएको शान्ति सम्झौताको कार्यान्वयनका लागि हालै एक सम्झौता भएको थियो । करिब आठदिन अघि नै सो सम्झौता लागू भएको बताइएको छ ।
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले शनिबार साँझ सरकारका तर्फबाट युद्धविरामको घोषणा गर्नुभएको थियो । त्यसपछि शान्ति वार्ताको सफलताका लागि आह्वान पनि उहाँले गर्नुभएको जनाइएको छ ।
मलेसियाको सहयोग र समन्वयमा सन् २०१४ मा उक्त विद्रोही समूह र सरकारबीच शान्ति वार्ता भएको थियो तर त्यसले सफलता भने प्राप्त गर्न सकेको थिएन ।
यस पटकको शान्तिवार्ताबाट निकास निस्किनेमा सबैजना आश्वस्त रहेको मनिलाबाट प्राप्त समाचारमा जनाइएको छ ।
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै