
लन्डन । आठ सुन्दरीहरु सहभागी पांचौं मिस यूके नेपाल २०१६ ग्रयाण्ड फिनाले आज अपरान्ह एम्पायर बैंक्यूटिङ हल अल्डरसटमा हुंदैछ । करिब दुई साताको प्रशिक्षणपछि अलिसा, मेघ्ना, कल्पना, टेनिसा, प्रशंसा, विभिया, सुनिता र आरती उपाधि चुम्न सांझ भिड्दैछन् ।
लोकप्रिय नायिका प्रियंका कार्कीले ८ अगष्टमा लन्डन उत्रिए लगत्तै प्रतिष्पर्धीलाई कोरियोग्राफी र अन्य प्रशिक्षण दिन थालेकी थिइन् । प्रियंका २४ अगष्टमा नेपाल फर्कने कार्यक्रम छ ।
आयोजक इभेन्ट एण्ड आइडियाजले सम्पूर्ण तयारी पुरा भएको जनाउंदै प्रतिष्पर्धी सबैमा अग्रिम शुभकामना दिएको छ । इभेन्ट एण्ड आइडियाज निर्देशक शान्ति गुरुङले अति महत्वका साथ हेरिएको फिनालेमा सहभागी भइदिन सबैमा आग्रह गरेकी छिन् ।
कार्यक्रम विल्कुल मनोरन्जनात्मक बनाउने योजनामा छ आयोजक । कार्यक्रममा गायक धर्मेन्द्र सेवानले गाउनेछन् भने आकर्षक नाच समेत समावेश हुनेछ । तस्विरः मिलन तमु
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ