
काठमाडौँ, ४ भदौ । ब्राजिलमा जारी ‘रियो ओलम्पिक’मा नेपालकी तेक्वान्दो खेलाडी निशा रावल पहिलो चरणबाटै बाहिरिएकी छन् ।
रियोस्थित कारिओका एरिना–३ मा भर्खरै सम्पन्न स्पर्धामा उनी चीनकी सुयिन झिङसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएकी हुन् । महिलातर्फको ६७ केजीभन्दा माथिको तौल समूहमा २० वर्षीया निशा २२ वर्षीया चिनियाँ खेलाडी झिङसँग २–० अङ्कले पराजित भएकी हुन् । झिङ यो उमेर समूहमा विश्व च्याम्पियनसमेत भएको बताइएको छ ।
योसँगै जारी ओलम्पिक खेलेका नेपालका सबै सात खेलाडी बाहिरिएका छन् । नेपालका लागि अन्तिम खेल आज निशाले खेलेकी थिइन्
यसैबीच निशा ओलम्पिक खेल्ने दोस्रो महिला तेक्वान्दो खेलाडी भने भएकी छिन् ।
सन् २००४ मा सङ्गीना वैद्यले ओलम्पिकमा छनोट भएर पहिलोपल्ट ओलम्पिक खेल्न गएकी थिइन् । अहिले तिनै सङ्गीना निशाकी प्रशिक्षक हुन् । निशा भने ‘वाइल्ड कार्ड’मार्फत ओलम्पिक खेलेकी हुन् ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते