
उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि बिहीबार प्रधानमन्त्रीको विशेष प्रतिनिधिको रुपमा भारत भ्रमणमा प्रस्थान गर्ने क्रममा अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्नुहुँदै । तस्बिर ः रत्न श्रेष्ठ, रासस
काठमाडौँ, २ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि आज भारत प्रस्थान गर्नुभएको छ ।
नयाँ सरकार गठन भएका सन्दर्भमा प्रधानमन्त्रीको विशेष प्रतिनिधि पठाउने सरकारको निर्णयानुसार उपप्रधानमन्त्री निधि दुई देशबीचको उच्च भ्रमणको तयारी तथा राजनीतिक भेटघाटका लागि भारत प्रस्थान गर्नुभएको हो । त्यसतर्फ प्रस्थान गर्नुअघि त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उपप्रधानमन्त्री निधिले आफ्नो भ्रमण प्रमुख रुपमा नेपाल र भारतबीचको उच्चस्तरीय भ्रमणको विषयमा केन्द्रित रहने बताउनुभयो ।
उहाँले भन्नुभयो– “मेरो भारत भ्रमणको प्रमुख उद्देश्य नेपालका राष्ट्रपतिका तर्फबाट भारतका राष्ट्रपतिलाई नेपाल भ्रमणका लागि निम्ता दिने र नेपाल भ्रमणको शीघ्र मिति तय गर्न आग्रह गर्ने हो, त्यस्तै नेपालका प्रधानमन्त्रीलाई भारतका प्रधानमन्त्रीले निम्ता गर्नुभएको छ, त्यो शीघ्र भ्रमणको पनि तयारी सम्बन्धमा छलफल हुनेछ र नेपालका प्रधानमन्त्रीको भारत भ्रमणका बेला नेपाल–भारतका बीचमा हुने छलफलका विषयमा पनि प्रारम्भिक तयारी गर्ने उद्देश्य रहेको छ ।”
दुई देशको सम्बन्धलाई थप सुदृढ तुल्याउन आफ्नो भ्रमण सफल हुने विश्वास व्यक्त गर्दै उपप्रधानमन्त्री निधिले नेपालको राष्ट्रिय हित र सकारात्मक परिवर्तनका पक्षमा भारत सरकार र त्यहाँका जनताको साथ रहने अपेक्षा गर्नुभयो ।
त्यसैगरी नेपालको संविधानको कार्यान्वयनका क्रममा रहेका चुनौतीलाई सफलतापूर्वक सम्पन्न गर्न यहाँ भइरहेको राजनीतिक घटनाक्रमको चर्चा पनि उहाँले गर्नुहुनेछ । गृहमन्त्री निधिले नयादिल्लीमा रहँदा भारतीय राष्ट्रपति, प्रधानमन्त्री, विदेशमन्त्री, गृहमन्त्रीलगायत त्यहाँका राजनीतिक दल र उच्चपदस्थ अधिकारीसँग भेटघाट गर्नुहुनेछ ।
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा