
लन्डन । चर्चित लोकगायिका देविका केसी पुनः यूकेमा छिन् यतिखेर । यसपटक उनी तीज कार्यक्रमलाई केन्द्रित गर्दै यूके आएकी हुन् ।
‘यूकेवासी नेपालीलाई तीजको रसस्वादन गर्न फेरि आइपुगेकी छु’, उनले भनिन्, ‘हालसम्म ५ वटा कार्यक्रम तय भइसकेको छ । यूके बसाइमा अरु पनि कार्यक्रम गर्ने योजना छ ।’ उनले हालैमात्र सन्दीप न्यौपानेका साथ यो वर्षको नयां तीज गीत ‘मेरो मुटुमा केन्द्रविन्दू पारी…’बजारमा सार्वजनिक गरेकी छिन् ।
नेपालमा चलेकी गायिका हुन् देविका । उनका चर्चित लोकगायक पशुपति शर्मासंग गाएका हामी नेपाली, पैसो…,नेपाली नै होइन…, बुहारीको पोइ हामीलाई कोइ न कोइ, बाजी ठोक्न आउ झिल्के ज्यादै सुनिने र हेरिने गीत हुन् ।
त्यस्तै सन्दिप न्यौपानेसंग रातो सारी, खुमन अधिकारीसंग फेसबुक चल्ने खाले… आदि पनि चर्चित छन् । यसअघि नेपाली नयां वर्ष कार्यक्रममा यूके आउंदा पनि देविकाले कयौं कार्यक्रम गरि बेलायतवासी नेपालीको मन बटुलेकी थिइन् ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो