
काभ्रेपलाञ्चोकको बिर्तादेउराली–९ कोसीपारि सडकमा सोमबार दिउँसो भएको बस दुर्घटनामा परी घाइते भएकाहरुलाई उपचारका लागि अस्पताल ल्याइँदै । सौजन्यः नेपाली सेना, रासस
काठमाडौँ, ३२ साउन । काभ्रेपलाञ्चोकको बिर्ता देउराली–९ कोसीपारि सडकमा सोमबार भएको बस दुर्घटनामा मृत्यु भएका व्यक्तिका आफन्त र व्यवसायीबीच क्षतिपूर्तिको कुरा नमिल्दा पीडितले शव बुझ्न मानेको छैनन् ।
क्षतिपूर्तिबारे आज दिनभर अरनिको यातायात समितिका पदाधिकारी, जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद र पीडितपक्षबीच धुलिखेलमा छलफल भए पनि क्षतिपूर्तिको कुरा नमिलेकाले आफन्तले शव बुझ्न र शव परीक्षण गर्न दिएका छैनन् ।
मृतकका आफन्तले तेस्रो पक्ष बिमाबाहेक आफूहरूले समितिको तर्फबाट थप एक÷एक लाख क्षतिपूर्ति पाउनुपर्ने माग राखेपनि समितिले स्पष्ट उत्तर नदिँदा सहमति हुन नसकेको हो । वार्ता भोलि बिहान पुनः बस्ने जनाइएको छ ।
समितिका अध्यक्ष जितबहादुर भारतीले तेस्रो पक्ष बिमाबाहेक समितिको तर्फबाट पीडितलाई थप क्षतिपूर्ति उपलब्ध गराउन नसकिने रासससँग बताउनुभयो । उहाँले भन्नुभयो, “मृतक धेरै भएकाले हामीले थप क्षतिपूर्ति दिन सक्दैनौ, अबको हाम्रो लक्ष्य भनेको घाइतेको उपचारमा विशेष ध्यान केन्द्रित गर्नु हो । घाइतेको उपचारमा जति खर्च भए पनि समितिले बेहोर्छ ।”
वार्तामा समितिका सल्लाहकार एवम् वरिष्ठ उपाध्यक्ष केदार क्षेत्री, उपाध्यक्ष नृपध्वज महत, उपाध्यक्ष केशवराज भारती, कोषाध्यक्ष राजकमार बस्नेत र पीडितका तर्फबाट सांसद तीर्थ लामा, विदुर सापकोटालगायत सहभागी हुनुहुन्थ्यो ।
मृतकका आफन्तले उचित क्षतिपूर्ति पाउनुपर्ने माग गर्दै आज दिउँसो धुलिखेल र बनेपामा सडक अवरुद्ध पारे पनि प्रहरीले बल प्रयोग गरी करिब आधाघण्टापछि बाटो खुलाएको काभ्रेका प्रहरी नायब उपरीक्षक नवीन राईले जानकारी दिनुभयो ।
मृतकमध्ये २६ को शव सिरमेमोरियल अस्पताल बनेपा र एकजनाको शव त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ । दुर्घटनामा घटनास्थलमै २६ र उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा एकजनाको मृत्यु भएको थियो ।
दुर्घटनामा परी मृत्यु भएकाको शव परीक्षण घटनास्थलमै गर्ने तयारी गरिएको भएपनि व्यवसायी र मृतकका आफन्तबीच क्षतिपूर्तिका विषयमा कुरा नमिलेपछि बनेपा ल्याइएको हो ।
यसैबीच दुर्घटना गराउने बसका चलकको चालक अनुमतिपत्रसमेत नक्कली भएको आशङ्का गरिएको छ ।
चालकले काभ्रेको धुलिखेबाट ‘इन्ट्री’ गर्दा प्रहरीलाई टिपाएको चालक अनुमतिपत्र नम्बर र नाम यातायात व्यवस्था कार्यालयको रेकर्डमा भिडाउँदा नमिलेको यातायात व्यवस्था विभागका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “चालकले प्रयोग गरेको अनुमति पत्रको नम्बर अर्कैको नाममा जारी भएको रेकर्डबाट फेला परेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।”
यस विषयमा काभ्रे प्रहरीले भने अनुसन्धानपछि मात्रै सत्यतथ्य बाहिर आउने जनाएको छ । काभ्रेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोताले भन्नुभयो, “बुधबार यसबारे पुष्टि गछौँ ।”
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु