काठमाडौँ, ३० साउन । सर्वोच्च अदालतले पत्रकार कनकमणि दीक्षितको सम्पत्ति छानबिन कार्य रोक्न भूमिसुधार मन्त्रालयका नाममा अन्तरिम आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की र डा आनन्दमोहन भट्टराईको संयुक्त इजलासले ललितपुर पाटनढोकास्थित रहेको १८ रोपनी जग्गाको छानबिन कार्य रोक्न अन्तरिम आदेश दिएको हो ।
आदेशमा भनिएको छ, “अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुनै पत्र लेखिएको स्पष्ट नदेखिएको र आयोगबाट अनुसन्धान टुङ्गी नसकेको अवस्था हुँदा सुविधा र सन्तुलनको दृष्टिबाट निवेदकलाई पुग्नसक्ने सम्भावित क्षतिलाई दृष्टिगत गरी अनुुसन्धानको टुङ्गो नलागेसम्म बयान गराउने, धरपकड गर्ने, थुनामा राख्ने कार्य नगर्नु नगराउनु ।”
पत्रकार दीक्षित यही साउन १८ गते आयोगले छानबिन गर्दागर्दै आफ्नो सम्पत्ति छानबिन कार्य गरेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । उक्त जग्गामा विवाद भएपछि त्यसको छानबिन अख्तियारले गरिरहेको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते