
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
काठमाडौँ, २९ साउन । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकार विस्तारलगायतका विषयमा कुराकानी भएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटवार्तामा सरकार विस्तार र मुलुकको पछिल्लो राजनीतिक अवस्थाको विषयमा कुराकानी भएको हो ।
प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लकाअनुसार राष्ट्रपति र प्रधानमन्त्रीको नियमित भेटघाट भएकाले समसामयिक विषयमा कुराकानी भएको हो ।
प्रधानमन्त्री दाहालले आइतबार सरकार विस्तारको तयारी गर्नुभएकाले सोही विषयमा छलफल केन्द्रीत रहेको स्वकीय सचिव मल्लले बताउनुभयो ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायतमा काम गर्न चाहने विदेशी नागरिकका लागि मङ्गलबारदेखि भिसा आवेदन खुला
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई
फेसबुक