
काठमाडौँ, २९ साउन । ब्राजिलमा जारी ‘रियो ओलम्पिक –२०१६’ अन्तर्गत एक हजार ५०० मि दौडमा नेपालकी सरस्वती भट्टराईले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् ।
रियो द जेनेरियोमा आज बिहान भएको स्पर्धामा उनले उक्त दौडमा नेपालको २६ वर्ष पुरानो राष्ट्रिय कीर्तिमानलाई भङ्ग गर्दे नयाँ कीर्तिमान बनाएकी हुन् । दौडको पहिलो हिट्समा १३ औँ स्थानमा रहँदै उनले निर्धारित दूरी पार गर्न ४ मिनेट ३३.९४ सेकेन्ड लगाइन् । यो नेपालका लागि नयाँ राष्ट्रिय कीर्तिमान हो ।
यसै दूरीको स्पर्धाअन्तर्गत सन् १९९० को एसियाली खेलकुदमा राजकुमारी पाण्डेले ४ मिनेट ३४.४५ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । यसअघि सरस्वती आफैँले भने यो स्पर्धामा समय ४ मिनेट ४०.१५ सेकेन्डको प्रदर्शन गरेकी थिइन् ।
नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेपनि सरस्वती प्रतियोगिताबाट बाहिरिएकी छिन् । यो स्पर्धामा ४ मिनेट १०.६१ सेकेन्डमा दूरी पार गरेकी इथोपियाकी गेन्जेबा डिबाबा पहिलो हुँदै दोस्रो चरणमा प्रवेश गरिन् । यस्तै आयरल्यान्ड, अमेरिका, अस्ट्रेलिया, पोल्यान्ड, जर्मनीका धाविका पनि दोस्रो चरणमा प्रवेश गर्न सफल भए ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते