
काठमाडौँ, २९ साउन । ब्राजिलमा जारी ‘रियो ओलम्पिक –२०१६’ अन्तर्गत एक हजार ५०० मि दौडमा नेपालकी सरस्वती भट्टराईले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् ।
रियो द जेनेरियोमा आज बिहान भएको स्पर्धामा उनले उक्त दौडमा नेपालको २६ वर्ष पुरानो राष्ट्रिय कीर्तिमानलाई भङ्ग गर्दे नयाँ कीर्तिमान बनाएकी हुन् । दौडको पहिलो हिट्समा १३ औँ स्थानमा रहँदै उनले निर्धारित दूरी पार गर्न ४ मिनेट ३३.९४ सेकेन्ड लगाइन् । यो नेपालका लागि नयाँ राष्ट्रिय कीर्तिमान हो ।
यसै दूरीको स्पर्धाअन्तर्गत सन् १९९० को एसियाली खेलकुदमा राजकुमारी पाण्डेले ४ मिनेट ३४.४५ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । यसअघि सरस्वती आफैँले भने यो स्पर्धामा समय ४ मिनेट ४०.१५ सेकेन्डको प्रदर्शन गरेकी थिइन् ।
नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेपनि सरस्वती प्रतियोगिताबाट बाहिरिएकी छिन् । यो स्पर्धामा ४ मिनेट १०.६१ सेकेन्डमा दूरी पार गरेकी इथोपियाकी गेन्जेबा डिबाबा पहिलो हुँदै दोस्रो चरणमा प्रवेश गरिन् । यस्तै आयरल्यान्ड, अमेरिका, अस्ट्रेलिया, पोल्यान्ड, जर्मनीका धाविका पनि दोस्रो चरणमा प्रवेश गर्न सफल भए ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा