काठमाडौँ, २७ साउन । नयाँ सरकार गठन र नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउन प्रधानमन्त्रीका विशेष प्रतिनिधिको रूपमा दुई उपप्रधानमन्त्री छिमेकी मुलुक चीन र भारत जानुहुने भएको छ ।
सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको विशेष प्रतिनिधिका रूपमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई चीन र उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई भारत पठाउने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता समेत रहनुभएका उपप्रधानमन्त्री महराले आफूहरू निकट भविष्यमा ती मुलुकको औपचारिक भ्रमण जाने जानकारी दिनुभयो ।
बैठकले महङ्गी, कालोबजारी, कृत्रिम अभाव र खाद्यवस्तुमा देखिएको मिसावटलाई नियन्त्रण गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने समेत निर्णय गरेको छ ।
कालोबजारीलाई प्रभावकारी ढङ्गबाट छिटोभन्दा छिटो अन्त्य गर्न गृहमन्त्रालय र आपूर्ति तथा वाणिज्य मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको हो । त्यसका लागि कानुनमा देखिएका अड्चन हटाउन कानुन संशोधन वा परिमार्जन गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।
प्रवक्ता महराले जतिसक्दो चाँडो सरकारले पूर्णता पाउने विश्वास समेत व्यक्त गर्नुभयो ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते