काठमाडौँ, २७ साउन । नयाँ सरकार गठन र नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउन प्रधानमन्त्रीका विशेष प्रतिनिधिको रूपमा दुई उपप्रधानमन्त्री छिमेकी मुलुक चीन र भारत जानुहुने भएको छ ।
सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको विशेष प्रतिनिधिका रूपमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई चीन र उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई भारत पठाउने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता समेत रहनुभएका उपप्रधानमन्त्री महराले आफूहरू निकट भविष्यमा ती मुलुकको औपचारिक भ्रमण जाने जानकारी दिनुभयो ।
बैठकले महङ्गी, कालोबजारी, कृत्रिम अभाव र खाद्यवस्तुमा देखिएको मिसावटलाई नियन्त्रण गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने समेत निर्णय गरेको छ ।
कालोबजारीलाई प्रभावकारी ढङ्गबाट छिटोभन्दा छिटो अन्त्य गर्न गृहमन्त्रालय र आपूर्ति तथा वाणिज्य मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको हो । त्यसका लागि कानुनमा देखिएका अड्चन हटाउन कानुन संशोधन वा परिमार्जन गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।
प्रवक्ता महराले जतिसक्दो चाँडो सरकारले पूर्णता पाउने विश्वास समेत व्यक्त गर्नुभयो ।
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
सीएनसीबीजीको ग्रान्ड च्यारिटी डिनर नाइट सम्पन्न
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती