लन्डन । बेलायतमा बसोबास गर्दै आएकी भीमु संरक्षण कोषकी अध्यक्ष जानुका राईको पहलमा नारायणस्थान निमावि काभ्रेका जेहेन्दार बिद्यार्थीहरुलाई नगद छात्रवृत्ति प्रदान गरिएको छ ।
कोष र विद्यालयको पहलमा आज आयोजित एक कार्यक्रममा विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीहरु सुदीप बिक र रोजिना तामाङलाई नगद दस हजारका दरले छात्रवृत्ति प्रदान गरिएको हो ।
सो अवसरमा कोषको तर्फबाट २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परी भौतिक क्षति भएका काभ्रेका विभिन्न विद्यालयहरुलाई नगद २५ हजारका दरले आर्थिक सहयोग पनि गरिएको थियो । आर्थिक सहयोग पाउने विद्यालयहरुमा विद्या विकास प्रावि, श्री हिउँचुली प्रावि, श्री महाकांल प्रावि, श्री नारायणस्थान निमावि छन् ।
कार्यक्रमकी प्रमुख अतिथि तथा कोषकी अध्यक्ष राईले यस किसिमको सहयोगलाई निरन्तरता दिने वाचा गर्दै आगामी वर्षदेखि विद्यालयमा अध्ययनरत दुईजना जेहेन्दार विद्यार्थीलाई प्रत्येक वर्ष छात्रवृत्ति प्रदान गर्ने बताइन् ।
कार्यक्रमका विशेष अतिथि किरात राई यायोख्खाका केन्द्रीय उपसचिव जनक राईले जातिय विभेदलाई निराकरण गर्दै अगाडि बढ्नुपर्ने बताए भने कार्यक्रमका अतिथि तथा समाजसेवी राजु पाख्रिनले विद्यार्थीहरुले समयछँदा नै सचेत बनेर अगाडि बढ्नु पर्ने बताए ।
त्यसैगरी कोषका उपाध्यक्ष सुरेन्द्र सुहाङले नेपाल सरकारले कक्षा ५ सम्म नेपालका सबै भाषा भाषीलाई पाठ्यक्रममा राखे पनि ब्यवहारमा भने लागू भई नसकेकोले ब्यवहारमै लागू गर्नुपर्नेमा जोड दिए ।
विद्यालयका प्रधानाध्यापक खड्गबहादुर लामाले हरेक विद्यालयमा बालमैत्री वातावरण र मातृभाषा पाठ्यक्रम आवश्यक रहेको बताए ।
कार्यक्रममा नेपालका ख्यातिप्राप्त कलाकारहरु आभा मुकारुङ, सचित राई, जानुका राई, भुवन सुप्तिहाङ, कला राई, रोशन लामा, पूजा सुनुवार, पूजा श्रेष्ठ, ओसिन राई, योजना पुरी, सुम्निमा कल्चरका रोशन लामा, अजिता लामा, अजित लामा, रुपेन लामा, अजय लामा लगायत दर्जनांै कलाकारहरुले सांगीतिक तथा नृत्य प्रस्तुत गरेका थिए ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा