
वासिङ्गटन, २६ साउन । दक्षिणपश्चिमी पाकिस्तानको क्वेटा शहरमा अवस्थित एक अस्पतालमा गत सोमबार भएको भीषण आत्मघाती आक्रमणको संयुक्त राज्य अमेरिकाले कडा शब्दमा निन्दा गरेको छ । ह्वाइट हाउसद्वारा सोमबार प्रकाशित विज्ञप्तिमा सो जानकारी दिइएको हो ।
सो विज्ञप्तिमा आतङ्कवाद विरुद्धको लडाइमा अमेरिका सधै पाकिस्तानी सरकार र जनताको साथैमा रहेको बताइएको थियो ।
त्यसैगरी इरानको विदेश मन्त्रालयले पनि मङ्गलबार प्रकाशित एक विज्ञप्तिमा सो आक्रमणको कडा शब्दमा निन्दा गरेको तास्नीम समाचार समितिले जनाएको छ । यस दुखत घडीमा पाकिस्तानी सरकार र जनतालाई गहिरो शोक प्रकट गरिएको इरान विदेश मन्त्रालयमा प्रवक्ता बहरम कसेमीले बताउनुभएको छ ।
यसैबीच चीनको विदेश मन्त्रालयद्वारा मङ्गलबार प्रकाशित विज्ञप्तिमा यस भीषण आतङ्ककारी आक्रमणको घोर निन्दा गरिएको छ ।
चीनको विदेश मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा यस हृदयविदारक घटनाप्रति गहिरो समवेदना प्रकट गरिएको छ । आक्रमणबाट मारिएका व्यक्तिका परिवारजन र घाइते व्यक्तिलगायत समस्त पाकिस्तानलाई गहिरो समवेदना प्रकट गरिएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले जानकारी दिनुभएको छ ।
क्वेटास्थित एक नागरिक अस्पतालको आकस्मिक कक्षमा भएको सो विस्फोटमा परी कम्ती ७२ व्यक्तिको मृत्यु हनुको साथै अन्य ११२ जना घाइते भएका थिए ।
बलुचिस्तान प्रान्तका बार एसोसियसनमा अध्यक्ष तथा वरिष्ठ वकिलको निधनप्रति शोक व्यक्त गर्न उपस्थित भएका व्यक्ति माझ सो भीषण आत्मघाती आक्रमण भएको थियो ।
आफ्ना सहकर्मी वरिष्ठ वकिलको मृत्युको समवेदना प्रकट गर्नका लागि करिब दुई सय वकिल दर्जनौँ पत्रकार अन्य सर्वसाधारण अस्पतालको आकस्मिक कक्षमा जम्मा भएका थिए ।
बार एसोसियसनका ती अध्यक्ष पनि सोमबार बिहान सबेरै भएको एक आक्रमणमा मारिएका थिए । वरिष्ठ वकिल बिलाल अन्वार कासी आफ्नो घरबाट कार्यालयतर्फ जाने क्रममा अज्ञात बन्दुकधारीको आक्रमणमा सोमबार बिहान मारिएका थिए ।
शोक प्रकट गर्न जम्मा भएका वकिल तथा समाचार सङ्कलनका लागि पुगेका कैयौँ पत्रकार घाइते भएका थिए ।
यस आक्रमणको जिम्मेवारी पाकिस्तानी तालिवान समूह र इस्लामिक स्टेट (आइएस) लडाकू समूह दुवैले लिएको ती आतङ्ककारी समूहले जानकारी दिएको छ ।
प्रान्तीय सरकारले बलुचिस्तान राज्यभर तीन दिन शोकको घोषणा गरेको छ ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा