
क्याप्टेन रन्जनको मृत्युको खबरले खेवाङ शोकमा
ताप्लेजुङ, २६ साउन । सोमबार नुवाकोटमा भएको फिस्टेल एयरको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका क्याप्टेन रन्जन लिम्बूको गाउँ ताप्लेजुङको खेवाङ शोकमा डुबेको छ ।
क्याप्टेन लिम्बूको निधनको खबरले गाउँ शोकमा मात्रै डुबेन गाउँकै पहिलो पाइलटसमेत गुमाएको छ । खेवाङमा जन्मिएका लिम्बूको परिवार हाल बेलायतमा पनि बसोबास गर्दै आएको छ भने लिम्बू झापाको धाइजनमा परिवारसहित बस्दै आएका थिए । पढाइमा सानै उमेरदेखि अब्बल रहेका लिम्बूले काठमाडाँैमा ‘ए’ लेभलको पढाइ सकेर पाइलट बन्न अमेरिका गएका थिए । अमेरिकाबाट नेपाल फर्र्किएर जहाज उडाउन थालेका लिम्बूले नेपालमै बसेर केही गर्ने सोच बनाएपनि सपना पूरा नहुँदै धर्ति छाड्नुपरयो ।
विसं २०४६ असार १० गते जन्मिएका क्याप्टेन लिम्बूले अमेरिकाबाट विमान चालकको कोर्श पूरा गरेर २१ वर्षको उमेरदेखि नै विमान उडाउन थालेका थिए । छोराले उडाएको हेलिकप्टर हरायो भन्नासाथ छोरा पनि रहेन भन्ने अनुमान लगाएका झापामा रहेका उनका बुबा भक्त लिम्बूले केही घन्टामा नै रन्जन नरहेको आधिकारिक खबर पाएका थिए ।
छोराले उडाएको हेलिकप्टर दुर्घटनामा भन्ने खबर पाएदेखि नै झापामा रहेकी क्याप्टेन लिम्बूकी आमा शान्ताकुमारी लिम्बू केही बोल्न सकिरहेकी छैनन् । यस्तै, दुई घन्टापछि मात्रै खेवाङको गहना बनेका रन्जन गुमेको खबर पाएपछि खेवाङमा रहेका आफन्तमा रुवाबासी नै चल्यो भने पूरा गाउँ नै शोकमा डुबेको छ ।
बाबुआमाका कान्छा छोरा रन्जन सानैदेखि हक्की स्वभावका थिए भने परिवारको साथ पनि राम्रै पाएका थिए । उनका बुबा भक्त ब्रिटिस आर्मीमा काम गर्थे । खेवाङबाट रन्जन सानो छँदै झापामा उनको परिवार बसाइँ सरेको थियो । पछि बेलायतमा बसोबासको अनुमति पाएपछि बुबाआमा लगायतका परिवार र अन्य सदस्य बेलायतमै बस्दै आएपनि उनी झापामा नै बस्दै आएको रन्जनका काका गजेन्द्र तुम्याहाङको भनाइ छ ।
उनले उडाएको फिस्टेल एयरको हेलिकप्टर नुवाकोटको बेतिनीमा सोमबार दुर्घटना हुँदा उनीसहित सातजनाको ज्यान गएको थियो । भूकम्पमा परेका पीडितको समेत उद्धारमा सक्रिय बनेका लिम्बूले गोरखाको सिर्दिबासबाट सुत्केरी बिरामीलाई लिएर उपचारका लागि काठमाडाँै जाँदै गर्दा नुवाकोटको बेतिनीको भीरमा दुर्घटना भएको थियो ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई
- बेलायत र युरोपियन युनियनबीच सहमति