ब्राजिलको रियोमा जारी ओलम्पिक खेलमा आज साँझ भएको आर्चरी (धनुकाँड) खेलमा नेपालका जितबहादुर मोक्तान पराजित भएका छन् ।
सत्तरी मिटरको आर्चरीको व्यक्तिगत प्रतिस्पर्धाको ‘राउण्ड अफ ६४’ मा मकवानपुरका ३६ वर्षीय मोक्तान भारतका अतुन दाससँग पराजित हुँदैै प्रतियोगिताबाट बाहिरिए । मोक्तान सबै छ सेटमा नै पराजित हुन पुगे ।
यसअघि शनिबार भएको खेलमा मोक्तान ६०७ स्कोर जोड्दै ६० औँ स्थानमा रहेका थिए । त्यस्तै भारतका अतानु यसअघिको खेलमा ६८३ स्कोर जोड्दै पाँचौँ स्थानमा थिए ।
गत वर्ष थाइल्याण्डको राजधानी बैंककमा भएको एसियन आर्चरी च्याम्पियनसिपमा गरेको प्रदर्शनका कारण उनलाई अन्तर्राष्ट्रिय आर्चरी महासङ्घले ओलम्पिक खेल्न ‘वाइल्ड कार्ड’ दिएको थियो ।
यस्तै जुडोमा सागको स्वर्ण विजेता फुपू ल्यामु खत्री क्युबाकी मारिसेट स्पिनोजासँग पराजित भए पनि ओलम्पिकमा सबैभन्दा धेरै समय टिक्ने खेलाडी बनिन् । तर फुपुले ओलम्पिकमा पुरै समय खेले पनि सागको प्रदर्शन दोहोरयाउन सकिनन् । यसअघि उनीकै प्रशिक्षक देबु थापा एक मिनेट ३० सेकेण्डसम्म टिकेकी थिइन् । खत्रीले त्यो सुधार समय गर्दै चार मिनेटसम्म क्युवाकी खेलाडीसँग टिक्न सकिन् ।
यसअघि जुडोका तीन खेलाडी गङ्गाबहादुर डङ्गोल, ऋषिराम प्रधान र देबु थापाले ओलम्पिकमा सहभागी जनाएका थिए ।