इस्लामावाद (पाकिस्तान), २४ साउन । पाकिस्तानको दक्षिण–पश्चिममा अवस्थित क्वेटा सहरमा सोमबार बिहान एक अस्पतालको इमर्जेन्सी वार्डमा भएको विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या साँझसम्म ९३ पुगेको स्थानीय सञ्चारमाध्यम तथा सरकारी अधिकारीले बताएका छन् ।
उक्त विस्फोट बलुचिस्तान प्रान्तका बार एसोसियसनमा अध्यक्ष तथा वरिष्ठ वकीलको निधनप्रति शोक व्यक्त गर्न उपस्थित भएका व्यक्तिहरु माझ गराइएको थियो ।
बार एसोसियसनका ती अध्यक्ष पनि सोमबार बिहान सबेरै भएको एक आक्रमणमा मारिएका थिए ।
वरिष्ठ वकील बिलाल अन्वार कसी आफ्नो घरबाट कार्यालयतर्फ जाने क्रममा अज्ञात बन्दुकधारीको आक्रमणमा आज बिहान मारिएपछि शोक प्रकट गर्न जम्मा भएका वकील तथा समाचार संकलनका लागि पुगेका कैयौं पत्रकारहरू घाइते भएका छन् ।
स्थानीय उर्दू च्यानल एरी न्युजले मृतक ५६ जनामध्ये २५ जना वकील र दुई जना पत्रकार रहेको बताइएको छ । घाइते हुनेमा समेत केही वकील तथा पत्रकार गरी ५६ जना रहेका बताइएको छ ।
पाकिस्तानको बलुचिस्तान राज्यका प्रान्तीय स्वास्थ्यमन्त्री रेहमत बालोकले ठुलो सङ्ख्यामा नागरिकको मृत्यु भएको समाचारलाई पुष्टि गर्दै भन्नुभयो, घटनामा ९३ जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी घाइते भएका छन् ।
घटनापछि घाइते सबैलाई प्रभावकारी उपचार सेवा पुरयाउन भनी उक्त क्षेत्रका सम्पूर्ण अस्पतालमा सङ्कटकाल घोषणा गरिएको बताइएको छ ।
सुरक्षाकर्मीकोसमूहले घटनामा करिब १० किलोग्राम विस्फोटक पदार्थ पडकाइएका हुनसक्ने बताएका छन् ।
पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले विस्फोटप्रति दुःख व्यक्त गर्दै घटनाको निन्दा गर्नुभएको छ ।
उहाँले पाकिस्तानबाट आतङ्कवादलाई परास्त गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ ।
प्रान्तीय सरकारले बलुचिस्तान राज्यभर तीन दिन शोक मनाउने घोषणा गरेको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते