इस्लामावाद (पाकिस्तान), २४ साउन । पाकिस्तानको दक्षिण–पश्चिममा अवस्थित क्वेटा सहरमा सोमबार बिहान एक अस्पतालको इमर्जेन्सी वार्डमा भएको विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या साँझसम्म ९३ पुगेको स्थानीय सञ्चारमाध्यम तथा सरकारी अधिकारीले बताएका छन् ।
उक्त विस्फोट बलुचिस्तान प्रान्तका बार एसोसियसनमा अध्यक्ष तथा वरिष्ठ वकीलको निधनप्रति शोक व्यक्त गर्न उपस्थित भएका व्यक्तिहरु माझ गराइएको थियो ।
बार एसोसियसनका ती अध्यक्ष पनि सोमबार बिहान सबेरै भएको एक आक्रमणमा मारिएका थिए ।
वरिष्ठ वकील बिलाल अन्वार कसी आफ्नो घरबाट कार्यालयतर्फ जाने क्रममा अज्ञात बन्दुकधारीको आक्रमणमा आज बिहान मारिएपछि शोक प्रकट गर्न जम्मा भएका वकील तथा समाचार संकलनका लागि पुगेका कैयौं पत्रकारहरू घाइते भएका छन् ।
स्थानीय उर्दू च्यानल एरी न्युजले मृतक ५६ जनामध्ये २५ जना वकील र दुई जना पत्रकार रहेको बताइएको छ । घाइते हुनेमा समेत केही वकील तथा पत्रकार गरी ५६ जना रहेका बताइएको छ ।
पाकिस्तानको बलुचिस्तान राज्यका प्रान्तीय स्वास्थ्यमन्त्री रेहमत बालोकले ठुलो सङ्ख्यामा नागरिकको मृत्यु भएको समाचारलाई पुष्टि गर्दै भन्नुभयो, घटनामा ९३ जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी घाइते भएका छन् ।
घटनापछि घाइते सबैलाई प्रभावकारी उपचार सेवा पुरयाउन भनी उक्त क्षेत्रका सम्पूर्ण अस्पतालमा सङ्कटकाल घोषणा गरिएको बताइएको छ ।
सुरक्षाकर्मीकोसमूहले घटनामा करिब १० किलोग्राम विस्फोटक पदार्थ पडकाइएका हुनसक्ने बताएका छन् ।
पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले विस्फोटप्रति दुःख व्यक्त गर्दै घटनाको निन्दा गर्नुभएको छ ।
उहाँले पाकिस्तानबाट आतङ्कवादलाई परास्त गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ ।
प्रान्तीय सरकारले बलुचिस्तान राज्यभर तीन दिन शोक मनाउने घोषणा गरेको छ ।
महिला फुटबल नेपालसँग भारत पराजित
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन