
काठमाडौँ, २५ साउन । नेपाल काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको ११आँै महाधिवेशनको बन्द सत्र अनिश्चित भएको छ ।
महाधिवेशन प्रतिनिधि विवादका कारण एक दिन पछाडि आज अपराह्न २ बजेका लागि निर्धारित नेविसङ्घको बन्दसत्र विवाद टुङ्गिएको छैन ।
सङ्घको महाधिवेशन उद्घाटन यही साउन २३ गते भए पनि अझै बन्द सत्रको टुङ्गो नलाग्दा मुलुकभरबाट आएका हजारौँ विद्यार्थी नेता कार्यकर्ता निर्वाचन हुने नहुनेमा अन्योलमा छन् ।
आज दिनभरिमा प्रतिनिधि विवादको टुङ्गो लाग्नेगरी काम भइरहेको सङ्घको महाधिवेशन सम्पन्न गर्न पार्टीले गठन गरेको निर्देशक समिति सदस्य किशोरसिंह राठौरले जानकारी दिनुभयो । प्रतिनिधिको विवाद मिलेपछि सम्भवतः आजै बन्द सत्र सुरु हुन सक्ने उहाँले बताउनुभयो ।
प्रतिनिधि विवादका कारण आज बिहानदेखि गर्ने भनिएको कार्ड वितरण पनि प्रभावित भएको र प्रतिनिधिको विवाद नमिलेसम्म बन्द सत्र हुन नसक्ने नेविसङ्घ कार्यालयका मुख्य सचिव शिव रिमालले जानकारी दिनुभयो । रिमालले आज बन्द सत्र हुने सम्भावना न्यून रहेको बताउनुभयो ।
समयमै बन्द सत्र हुनुपर्ने माग गर्दै अहिले महाधिवेशनस्थल भृकुटीमण्डपमा विद्यार्थीहरु नाराबाजी गरिरहेका छन् । यसअघि २०६४ सालमा चितवनमा भएको सङ्घको १०औँ महाधिवेशन पनि प्रतिनिधि विवादका कारण लम्बिएर एक सातामा निर्वाचन भएको थियो ।
‘समृद्ध राष्ट्र निर्माणका लागि संविधान कार्यान्वयन, गुणस्तरीय र सर्वसुलभ शिक्षाका लागि ११औँ महाधिवेशन’ भन्ने नाराका साथ महाधिवेशन यही साउन २३ गतेदेखि सुरु भएको हो । करिब तीन हजार ४०० महाधिवेशन प्रतिनिधि रहने भनिएको नेविसङ्घमा ११ जिल्लाका प्रतिनिधिको अझै टुङ्गो लागेको छैन ।
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा