
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रधानमन्त्री कार्यालय सिंहदरबारमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको उपस्थितिमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग बिहीबार छलफल गर्दै । फाइल तस्बिर ः प्रदीपराज वन्त, रासस
काठमाडौँ, २४ साउन । तराई मधेस लोकतान्त्रिक पार्टीका सर्वेन्द्रनाथ शुक्लले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग भएको तीन बुँदे सहमतिअनुसार संविधान संशोधन नभएसम्म आफूहरु सरकारमा नजाने बताउनुभएको छ ।
नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई व्यवस्थापिका–संसद्को बैठमा आज बधाई र शुभकामना दिँदै उहाँले तीनबुँदे सहमतिका आधारमा प्रधानमन्त्रीका पक्षमा मत हालेको जनाउँदै नयाँ सरकार बने पनि आफूहरुको लक्ष्य पूरा नभएको बताउनुभयो ।
उहाँले सीमाङ्कनसम्बन्धी मुद्दा सम्बोधन नभएसम्म सरकारमा नजाने स्पष्ट गर्दै उहाँले देशमा अराजकता नहोस् भन्ने आफूहरुले चाहेको र मुलुकलाई सम्मानजनक निकास दिनुपर्ने बताउनुभयो ।
सद्भावना पार्टीका लक्ष्मणलाल कर्णले मधेसी, जनजाति र मुसलमानलाई अलग राखेर कसैले राष्ट्रवादको कुरा गरेमा एक राष्ट्रको मात्र राष्ट्रवाद हुने बताउँदै सबै असन्तुष्ट समुदायलाई सर्वस्वीकार्य बनाउन प्रधानमन्त्रीलाई सफलता मिलोस् भन्नुभयो ।
उहाँले मधेस आन्दोलनका मृतकलाई सहिद घोषणा, हिंसात्मक घटनाको छानबिनको प्रक्रिया आरम्भ भएकामा सरकारप्रति आभार व्यक्त गर्नुभयो । कर्णले संविधान संशोधनको प्रस्तावमा एमालेले पनि सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)का जनकराज चौधरीले राष्ट्रिय सहमतिको यात्राका लागि कसैलाई निधेष गर्न नहुने बताउनुभयो ।
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, १० जना घाइते [अपडेट]
अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत