
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रधानमन्त्री कार्यालय सिंहदरबारमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको उपस्थितिमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग बिहीबार छलफल गर्दै । फाइल तस्बिर ः प्रदीपराज वन्त, रासस
काठमाडौँ, २४ साउन । तराई मधेस लोकतान्त्रिक पार्टीका सर्वेन्द्रनाथ शुक्लले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग भएको तीन बुँदे सहमतिअनुसार संविधान संशोधन नभएसम्म आफूहरु सरकारमा नजाने बताउनुभएको छ ।
नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई व्यवस्थापिका–संसद्को बैठमा आज बधाई र शुभकामना दिँदै उहाँले तीनबुँदे सहमतिका आधारमा प्रधानमन्त्रीका पक्षमा मत हालेको जनाउँदै नयाँ सरकार बने पनि आफूहरुको लक्ष्य पूरा नभएको बताउनुभयो ।
उहाँले सीमाङ्कनसम्बन्धी मुद्दा सम्बोधन नभएसम्म सरकारमा नजाने स्पष्ट गर्दै उहाँले देशमा अराजकता नहोस् भन्ने आफूहरुले चाहेको र मुलुकलाई सम्मानजनक निकास दिनुपर्ने बताउनुभयो ।
सद्भावना पार्टीका लक्ष्मणलाल कर्णले मधेसी, जनजाति र मुसलमानलाई अलग राखेर कसैले राष्ट्रवादको कुरा गरेमा एक राष्ट्रको मात्र राष्ट्रवाद हुने बताउँदै सबै असन्तुष्ट समुदायलाई सर्वस्वीकार्य बनाउन प्रधानमन्त्रीलाई सफलता मिलोस् भन्नुभयो ।
उहाँले मधेस आन्दोलनका मृतकलाई सहिद घोषणा, हिंसात्मक घटनाको छानबिनको प्रक्रिया आरम्भ भएकामा सरकारप्रति आभार व्यक्त गर्नुभयो । कर्णले संविधान संशोधनको प्रस्तावमा एमालेले पनि सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)का जनकराज चौधरीले राष्ट्रिय सहमतिको यात्राका लागि कसैलाई निधेष गर्न नहुने बताउनुभयो ।
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
नेपालका राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीलाई शपथ
ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री