
ओलम्पिकमा ३०६ सेट मेडलका लागि प्रतिस्पर्धा
रियो दि जेनेरियो (ब्राजिल), २१ साउन । ओलम्पिक खेलका लागि लामो सयमदेखि तयारीमा जुटेको ब्राजिलले राजधानी रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा नेपाली समय अनुसार शनिबार ४ः४५ बजे बिहानै औपचारिक उद्घाटन गरेको छ ।
ब्राजिलमा देखिएको आर्थिक मन्दी, ड्रग्सका अपराध र भौतिक संरचनाका बारेमा प्रचार गरिएका अफवाहबीच अन्तत माराडाना रंगशालाले ७० हजार खेलप्रेमी तथा खेलाडीका प्रंशसक, १० हजार ४०० खेलाडी र दर्जनौँ विश्व प्रसिद्ध नेताहरूलाई भव्य स्वागत गरको छ ।
ओलम्पिकको आयोजकहरुले ब्राजिलियन सहरमा विभिन्न रङका उज्याला बत्ती र धमाकादार संगीतमा साम्बा (नाच)को सानदार प्रदर्शनकाबीच स्थानीय समयानुसार शुक्रबार बेलुका ८ बजे भएको उद्घाटन समारोहले मुलुकको शान चम्काउने आशा गरेका छन् ।
“मलाई विश्वास छ, उद्घाटन समारोह ब्राजिलियाली नागरिकका दुःख र पीडालाई बिर्साउन एउटा स्रोत बन्नेछ”¬–उद्घाटन समारोहको तयारीमा जुटेका सिर्जनशील निर्देशकहरुमध्ये एक फर्नान्डो मेरिलिजले भन्नुभयो ।
सत्र दिन लामो खेल उत्सवले विभिन्न देशमा देखिएको दुःखदायी घटनाहरुलाई बिर्साएर संसारलाई रमाइलो प्रदान गर्ने र सकारात्मक ऊर्जा दिलाउने मेरिलिजले बताउनुभयो ।
खेलमा २०५ राष्ट्रका खेलाडीले ३०६ सेट मेडलका लागि प्रतिस्पर्धा गर्नेछन् । यस वर्ष अफ्रिकी दुई राष्ट्र कोसोभो र दक्षिण सुडानले पहिलो पटक सहभागिता जनाउने छन् ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायतमा काम गर्न चाहने विदेशी नागरिकका लागि मङ्गलबारदेखि भिसा आवेदन खुला
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई