
रियो दि जेनेरियो (ब्राजिल), २१ साउन । ओलम्पिक खेलका लागि लामो सयमदेखि तयारीमा जुटेको ब्राजिलले राजधानी रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा नेपाली समय अनुसार शनिबार ४ः४५ बजे बिहानै औपचारिक उद्घाटन गरेको छ ।
ब्राजिलमा देखिएको आर्थिक मन्दी, ड्रग्सका अपराध र भौतिक संरचनाका बारेमा प्रचार गरिएका अफवाहबीच अन्तत माराडाना रंगशालाले ७० हजार खेलप्रेमी तथा खेलाडीका प्रंशसक, १० हजार ४०० खेलाडी र दर्जनौँ विश्व प्रसिद्ध नेताहरूलाई भव्य स्वागत गरको छ ।
ओलम्पिकको आयोजकहरुले ब्राजिलियन सहरमा विभिन्न रङका उज्याला बत्ती र धमाकादार संगीतमा साम्बा (नाच)को सानदार प्रदर्शनकाबीच स्थानीय समयानुसार शुक्रबार बेलुका ८ बजे भएको उद्घाटन समारोहले मुलुकको शान चम्काउने आशा गरेका छन् ।
“मलाई विश्वास छ, उद्घाटन समारोह ब्राजिलियाली नागरिकका दुःख र पीडालाई बिर्साउन एउटा स्रोत बन्नेछ”¬–उद्घाटन समारोहको तयारीमा जुटेका सिर्जनशील निर्देशकहरुमध्ये एक फर्नान्डो मेरिलिजले भन्नुभयो ।
सत्र दिन लामो खेल उत्सवले विभिन्न देशमा देखिएको दुःखदायी घटनाहरुलाई बिर्साएर संसारलाई रमाइलो प्रदान गर्ने र सकारात्मक ऊर्जा दिलाउने मेरिलिजले बताउनुभयो ।
खेलमा २०५ राष्ट्रका खेलाडीले ३०६ सेट मेडलका लागि प्रतिस्पर्धा गर्नेछन् । यस वर्ष अफ्रिकी दुई राष्ट्र कोसोभो र दक्षिण सुडानले पहिलो पटक सहभागिता जनाउने छन् ।
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना
इरानमा चर्किँदै सरकारविरोधी प्रदर्शन, मृतक सङ्ख्या ५४४ पुग्यो
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा