बाढीपीडितका लागि डा केसीको उपचार जारी

डा गोविन्द केसी

डा गोविन्द केसी

राजविराज, २३ साउन । सप्तरीका बाढीपीडितका लागि निःशुल्क स्वास्थ्योपचार गर्न आउनुभएका डा गोविन्द केसी आज दोस्रो दिन पनि उपचारमा व्यस्त हुनुहुन्छ ।

आज जिल्लाको तिलाठी गाविस– ७ स्थित पाठशालामा उहाँले निःशुल्क स्वास्थ्योपचार गर्दै हुनुहुन्छ । सप्तरी उद्योग वाणिज्य सङ्घको संयोजन तथा तिलाठीका युवाको आयोजनामा डा केसीले त्यहाँ रहेका बाढीपीडितका लागि हाडजोर्नी तथा नसासम्बन्धी रोगको निःशुल्क उपचार गरिरहनुभएको छ ।

डा केसी आफँैले विभिन्न औषधि, फलफूल लगायत सामग्री बोकेर सो ठाउँमा आउनुभएको छ । उक्त ठाउँमा आज मात्रै उहाँले २५÷३० जनाको निःशुल्क उपचार गर्नुभएको तिलाठीका युवक नीरज झाले जानकारी दिनुभयो ।

डा केसी आएको खबर पाएपछि सकरपुरा, लोनिया, रम्पुरा मल्हनियाँ, कोलाडी लगायत आधा दर्जन गाविसका बाढीपीडित उपचारका लागि लाइनमा छन् ।
यसैबीच बाढीबाट प्रभावित छिमेकी भारतको सुपौल जिल्ला अन्तर्गत कुनोलीका पाँच बाढीपीडितलाई समेत डा केसीले आज निःशुल्क उपचार गर्नुभएको बताइएको छ । यसअघि शनिबार डा केसीले तिलाठीस्थित राष्ट्रिय प्राथमिक विद्यालयमा एक सय २५ बाढीपीडितको उपचार गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री