
काठमाडौँ, २० साउन । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यकालमा उदाहरणीय काम गरेर देखाउने प्रतिबद्धता जनाउनुभएको छ ।
आज आफ्नै निवास लाजिम्पाटमा प्रेस सेन्टर नेपालको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री दाहालले समय निकै कम भएकाले दिन रात नभनी मुलुक र जनताको पक्षमा काम गर्ने बताउनुभएको हो ।
उहाँले आफ्नो नेतृत्वको सरकारको प्रमुख प्राथमिकतामा भूकम्पपछिको पुनःनिर्माण, शान्ति प्रक्रियाका बाँकी कामको पूर्णता र संविधानको कार्यान्वयन नै रहेको बताउनुभयो ।
आफू चुनौतीपूर्ण अवस्थामा मुलुकको कार्यकारी प्रमुखको रुपमा निर्वाचित भएको उल्लेख गर्दै प्रधानमन्त्रीले चुनौतीलाई अवसरमा बदल्ने र नेपाली जनतालाई केही न केही फरक महसुस गर्ने गरी काम गर्ने दृढता व्यक्त गर्नुभयो ।
उहाँले जनतालाई तत्कालीन राहत दिँदै केही दीर्घकालीन योजना समेत अगाडि बढाउने सोचमा आफू रहेको जानकारी दिँदै त्यसमा सबैको साथ र सहयोग जरुरी रहेको बताउनुभयो ।
संविधानसभाको पहिलो निर्वाचनपछिको करिब दश वर्षमा धेरै राजनीतिक उतार चढाव आएको भन्दै प्रधानमन्त्री दाहालले विगतको अनुभवका आधारमा पनि केही न केही नयाँ गर्नैपर्ने अवस्थामा आफू रहेको उल्लेख गर्नुभयो ।
उहाँले आफ्नो नेतृत्वको सरकारको प्राथमिकतालाई उल्लेख गर्दै भन्नुभयो “आन्तरिक राष्ट्रिय एकता सुदृढीकरण, मधेसी, थारु, आदिवासी, जनजाति तथा अल्पसङ्ख्यक समुदायको माग सम्बोधन गर्ने, संविधानको कार्यान्वयन गर्दै मुलुकलाई निर्वाचनतर्फ लैजाने र लामो समयदेखि अवरुद्ध हुँदै आएको भूकम्पपछिको पुनःनिर्माण अभियानलाई तीव्रता दिनु नै प्रमुख रहेको छ ।”
बेरोजगार युवालाई मुलुकभित्रै रोजगारी दिन आफूले केही नयाँ कार्यक्रम अगाडि सार्ने र विदेशमा रहेका युवालाई स्वदेश फर्काउन पहल गर्ने उहाँको कथन थियो ।
यस्तै मुलुकका विभिन्न स्थानमा आएको बाढी पहिरोबाट भएको जनधनको क्षति भएकालाई राहत तथा पुनःस्थापना गर्ने, सहिद बेपत्ता परिवारलाई राहत तथा सरकार भएको अनुभव दिलाउने प्रधानमन्त्रीको प्रतिबद्धता थियो ।
प्रधानमन्त्री दाहालले भन्नुभयो “मेरो लागि लामो समय छैन, हरेक दिन र हरेक घन्टालाई सदुपयोग गरेर मुलुक र जनताको सामु अमिट छाप छोड्ने गरी काम गर्छु । त्यसमा सहयात्री दल र सबैको साथ र सहयोग जरुरी रहन्छ ।”
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते