
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार छाडेर बुधबार भक्तपुरको बालकोटस्थित आफ्नो निवासमा पुगेपछि बाबु मोहनप्रसाद ओलीलगायतले स्वागत गर्दै । तस्बिर ः रमेश गिरी, भक्तपुर । रासस
भक्तपुर, १९ साउन । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई राम्रो काम गरे साथ दिइने बताउनुभएको छ ।
भक्तपुरको बालकोटस्थित आफ्नै निवासमा पुगेपछि आज समर्थकसँग उहाँले आफूले नवनिर्वाचित प्रधानमन्त्रीलाई बधाई दिँदै राम्रो काम गर्नुस् भनेर सुझाव दिएको बताउनुभयो ।
उहाँले हामीले अगाडि बढाएका विकासका कार्यक्रम र सम्झौता कार्यान्वयन गर्छु भन्नु प्रधानमन्त्री दाहालको राम्रो कुरा हो भन्नुभयो । उहाँले भन्नुभयो, “हामीले कोरेको विकासको बाटोमा हिँड्नु पर्छ, देश मै खनिज र इन्धनलगायत खानी पत्ता लगाएर उत्खनन् गर्न सुरु गरेका छौँ, यसलाई पूर्ण बनाउन सके विदेशीको भर पर्नुपर्दैन ।”
पैसा नभएर विकासको काम नरोकिने तर योजना बनाउन नसके र क्षमता नभए विकास नहुने उहाँको टिप्पणी थियो ।
आफ्नो नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रमले तराईका मुद्दाको सम्बोधन गरेको जिकिर गर्दै उहाँले मधेसवादी मोर्चाको ३६ बुँदे माग घटेर अहिले तीनबुँदेमा सीमित भएको बताउनुभयो । नेकपा (एमाले)का अध्यक्ष ओलीले आगामी असोजपछि एमालेले तराईमा अभियान चलाएर मधेसी मोर्चाले तराईका जनतालाई झुक्याएका विषयको भण्डाफोर गरी तराईको विकासमा आफूले गरेका कामको जानकारी गराइने बताउनुभयो ।
निवास पुगेपछि उहाँलाई बुबा मोहनप्रसाद ओलीले टीका र माला लगाएर स्वागत गर्नुभएको थियो भने समर्थकले ओलीको पक्षमा नारा लगाएका थिए ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते