
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार छाडेर बुधबार भक्तपुरको बालकोटस्थित आफ्नो निवासमा पुगेपछि बाबु मोहनप्रसाद ओलीलगायतले स्वागत गर्दै । तस्बिर ः रमेश गिरी, भक्तपुर । रासस
भक्तपुर, १९ साउन । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई राम्रो काम गरे साथ दिइने बताउनुभएको छ ।
भक्तपुरको बालकोटस्थित आफ्नै निवासमा पुगेपछि आज समर्थकसँग उहाँले आफूले नवनिर्वाचित प्रधानमन्त्रीलाई बधाई दिँदै राम्रो काम गर्नुस् भनेर सुझाव दिएको बताउनुभयो ।
उहाँले हामीले अगाडि बढाएका विकासका कार्यक्रम र सम्झौता कार्यान्वयन गर्छु भन्नु प्रधानमन्त्री दाहालको राम्रो कुरा हो भन्नुभयो । उहाँले भन्नुभयो, “हामीले कोरेको विकासको बाटोमा हिँड्नु पर्छ, देश मै खनिज र इन्धनलगायत खानी पत्ता लगाएर उत्खनन् गर्न सुरु गरेका छौँ, यसलाई पूर्ण बनाउन सके विदेशीको भर पर्नुपर्दैन ।”
पैसा नभएर विकासको काम नरोकिने तर योजना बनाउन नसके र क्षमता नभए विकास नहुने उहाँको टिप्पणी थियो ।
आफ्नो नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रमले तराईका मुद्दाको सम्बोधन गरेको जिकिर गर्दै उहाँले मधेसवादी मोर्चाको ३६ बुँदे माग घटेर अहिले तीनबुँदेमा सीमित भएको बताउनुभयो । नेकपा (एमाले)का अध्यक्ष ओलीले आगामी असोजपछि एमालेले तराईमा अभियान चलाएर मधेसी मोर्चाले तराईका जनतालाई झुक्याएका विषयको भण्डाफोर गरी तराईको विकासमा आफूले गरेका कामको जानकारी गराइने बताउनुभयो ।
निवास पुगेपछि उहाँलाई बुबा मोहनप्रसाद ओलीले टीका र माला लगाएर स्वागत गर्नुभएको थियो भने समर्थकले ओलीको पक्षमा नारा लगाएका थिए ।
महिला फुटबल नेपालसँग भारत पराजित
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन