
संसदीय सुनुवाइ विशेष समितिको बुधबार सिंहदरबारमा बसेको बैठक (फाइल तस्विर) । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, १८ साउन । संसदीय सुनुवाइ विशेष समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ आजदेखि प्रारम्भ गरेको छ ।
समितिले पाकिस्तान, ब्राजिल र संयुक्त अधिराज्य (बेलायत)का लागि प्रस्तावित राजदूत तथा संयुक्तराष्ट्र सङ्घीय कार्यालय, भियनामा खटिएर जाने स्थायी प्रतिनिधिको आज सुनुवाइ गरिरहेको छ ।
परराष्ट्र सेवामा रहनुभएका सहसचिव सेवा लम्साल अधिकारी, ताराप्रसाद पोखरेल, प्रकाश सुवेदी र डा दुर्गाबहादुर सुवेदीको आज सुनुवाइ भइरहेको छ । समितिले प्रस्तावित राजदूतमध्ये सेवा लम्साल अधिकारीबाट सुनुवाइ प्रारम्भ गरेको हो ।
त्यसअघि बैठकको प्रारम्भमा उजुरीकर्तालाई बोलाएर जानकारी लिइएको थियो । प्रस्तावित राजदूतमाथि विभिन्न विषयसँग जोडेर नौवटा उजुरी परेका छन् ।
सरकारले परराष्ट्र सेवाका आठ र राजनीतिक पृष्ठभूमि भएका परराष्ट्र सेवा बाहिरका १४ गरी २२ जनाको नाम राजदूतको लागि प्रस्ताव गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको वर्तमान सरकारले लामो समयदेखि खाली रहेका राजदूत पदमा नियुक्तिका लागि विभिन्न व्यक्तिको नाम छनोट गरी संसदीय सुनुवाइका लागि पठाइएको हो ।
संसदीय सुनुवाइ समिति गठनमा भएको ढिलाइ तथा मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमले सुनुवाइको काम ओझेलमा परेको थियो । राजदूत सरकारका प्रतिनिधिका रुपमा रहने भएकाले सरकारले आफू अनुकूलका व्यक्तिलाई राजदूतको रुपमा पठाउने चलन रहिआएको छ ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित