
काठमाडौँ, १६ साउन । धितोपत्र बजारमा आज रु एक अर्ब ७५ करोड ५० लाख ७४ हजार बराबरको कारोबार भएको छ ।
कुल १४१ कम्पनीको ३५ लाख ९४ हजार ६१९ कित्ता सेयर कारोबार भएको नेपाल स्टक एक्चेन्जले जनाएको छ । स्टकका अनुसार सेयर कारोबारमा आज १५.१७ अङ्कले गिरावट आएको छ । गत साताको तुलनामा नेप्से परिसूचक घटेर एक हजार ८६२ बिन्दुमा कायम रहेको हो । गत बिहीबार एक हजार ८७७.९३ अङ्कमा झरेर रोकिएको थियो ।
जलविद्युत् र अन्य समूहबाहेक अरु सबै समूहको सेयर ओह्रालो लागेपछि नेप्से परिसूचक समेत तल झरेको हो । जलविद्युत् समूह ०.८७ र अन्य समूह ०.१४ बिन्दुले बढेको छ । बैंकिङ १.१८, होटल ४.०९, विकास बैंक ०.०२, फाइनान्स १.३१, बिमा ०.५ तथा उत्पादन १.३७ प्रतिशतले कमी आएको स्टकले जनाएको छ । रासस
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते