वासिङटन (संयुक्तराज्य अमेरिका), १३ साउन । बुधबार डेमोक्र्याटिक पार्टीकातर्फ अमेरिकी राष्ट्रपतिको आगामी निर्वाचनको लागि उम्मेदवार बन्नुभएका हिलारी क्लिन्टनलाई अमेरिकाका वर्तमान राष्ट्रपति बाराक ओबामाले पूर्णरुपमा समर्थन गर्नुभएको छ ।
डेमोक्र्याटिक पार्टीको अधिवेशनको क्रममा ओबामाले दिनुभएको एक सम्बोधनमा अमेरिकामा अव हुन गइरहेको अमेरिकी राष्ट्रपति पदका उम्मेदवार हिलारी जति सहि व्यक्ति अरु नभएको दाबी गर्नुभएको छ ।
अमेरिकाको इतिहासमा पहिलो महिला राष्ट्रपतिको उम्मेदवारीका नयाँ इतिहास रच्न सफल हिलारीलाई बधाई दिनुहुँदै विगतमा हिलारीले अमेरिकाको लागि दिनुभएको योगदानको प्रशंसा गर्नुभएको छ ।
डेमोक्र्याटिक पार्टीको यो निर्णयसँगै क्लिन्टनले अब रिपब्लिकन पार्टीका तर्फका राष्ट्रपतिको उम्मेदवार घोषणा भएका डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्नुहुनेछ भएको छ ।
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
प्रधानमन्त्रीको अभिव्यक्ति ‘सीमा वारपारको जग्गा भोगाधिकार’सँग सम्बन्धित छ: परराष्ट्र मन्त्रालय
विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे अध्ययन गरिनेछ: प्रधानमन्त्री वालेन्द्र शाह
मगर संघ यूकेको ‘नेपाली ओपन कन्सर्ट’ जुलाई २५ मा, मन्त्र ब्यान्डको प्रस्तुति रहने
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण