काठमाडौँ, १३ साउन । नेकपा (माओवादी केन्द्र)ले समानुपातिक तथा समावेशी प्रतिनिधित्वका आधारमा नयाँ सरकारका मन्त्री छनोट गर्ने भएको छ ।
सो पार्टीको आज यहाँ बसेको केन्द्रीय कार्यालयको बैठकले मन्त्रिमण्डलमा सहभागी हुने मन्त्री छनोटको मापदण्ड तयार पारेको हो ।
नेपाली काँग्रेस र माओवादी केन्द्रको संयुक्त गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढिरहेको र माओवादीमा समेत मन्त्रीको चाहना राख्ने आकाङ्क्षीहरु बढिरहेको कारण मापदण्ड बनाइएको माओवादीले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतिको सरकार गठनका लागि आह्वान गर्नुभएको सन्दर्भमा माओवादीले मन्त्री छनोटको प्रक्रिया सुरु गरेको जनाएको छ ।
माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालका अनुसार सबै वर्ग, क्षेत्र तथा समुदायको प्रतिनिधित्व हुने गरी योग्यता, क्षमता तथा कार्यअनुभव भएका सबैलाई ध्यान दिएर मन्त्री छनोट गरिने छ । मापदण्ड बनाइए पनि मन्त्री भने छनोट नभएको उहाँको भनाइ छ ।
यस्तै नयाँ सरकारको प्राथमिकता, मुलुकको समस्या एवम् समाधानको उपाय, गठबन्धनको प्राथमिकतालगायतका विषयमा समेत बैठकमा छलफल भएको थियो ।
सरकारको काम कारबाही र प्राथमिकताका विषयमा टुङ्गो लगाउन नेताद्वय कृष्णबहादुर महरा र वर्षमान पुन सदस्य रहेको कार्यदल गठन गरिएको छ । सोही कार्यदलको प्रतिवेदनका आधारमा छलफल भएको बताइएको छ । सो कार्यदलमा काँग्रेसका तर्फबाट विमलेन्द्र निधि र रमेश लेखक सदस्य हुनुहुन्छ ।
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
गोरखामा माइक्रोबस दुर्घटना : सात जना भारतीयको मृत्यु
काठमाडौंमा वायु प्रदूषण न्यूनीकरण कसरी हुनसक्ला ? [लेख]
बेलायतमा पाँचौं ‘ए-स्टार नेपाल बास्केटबल लिग’ आइतबारदेखि
इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता