
धनकुटा १३ साउन । सिधुवा बजार नजिक आज अपराह्न भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ ।
घटनास्थलमा सात र धरानमा उपचारका क्रममा थप छ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सत्ताइस जना घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी धनकुटा हात्तीखर्क–५ घर भएका नेकपा(माओवादी केन्द्र), धनकुटा अध्यक्षसमेत रहेका पूर्व अर्थराज्यमन्त्री खेवाको घटनास्थलमै मृत्यु भएको छ । त्यस्तै दुर्घटनामा धनकुटा परेवादिनका अतिमाया तामाङ, खिनमाया भट्टराई, तारा बस्नेत र उनकी तीन वर्षीया छोरी रेखा तथा धरानका वेदप्रकाश अग्रवालको घटनास्थलमै मृत्यु भएको हो ।
उपचारका क्रममा धनकुटा बुढीमोरङका सनम तामाङ, मारेक कटहरेका वीरबहादुर काफ्ले, लेगुवाका टेजबहादुर थापा र तेह्रथुम फुलेकका होमा पौडेलको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । मृतक तीन पुरुषको सनाखत हुन बाँकी छ ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]