
काठमाडौँ, १३ साउन । आगामी असार मसान्तमा कार्यावधि सकिन लागेको शान्तिकोष सचिवालय सञ्चालनमा रहेका रु २३ अर्ब आठ करोड २० लाखका आयोजना फछ्र्यौटको तयारीमा छ ।
द्वन्द्वपछि शान्ति स्थापनाका लागि सञ्चालित विभिन्न आयोजनामा सहयोग उपलब्ध गराउन आठ वर्षअघि स्थापित सो कोषको अवधि ११ महिनामात्र बाँकी छ र यो अवधिभित्र अधुरा सबै आयोजना सम्पन्न गर्नुपर्ने छ ।
कोषमा नेपाल सरकारबाट रु १५ अर्ब ८४ करोड ३४ लाख र डेनमार्क, जर्मनी, युरोपेली सङ्घ, फिनल्यान्ड, बेलायत, नर्वे र युएसएआइडीबाट जम्मा रु सात अर्ब २३ करोड ८६ लाख सहयोग उपलब्ध भएको थियो ।
सेना समायोजन शिविर व्यवस्थापन, द्वन्द्वप्रभावित व्यक्तिका लागि सहयोग, सङ्क्रमणकालीन न्याय तथा सुरक्षा क्षेत्रको सुदृढीकरण र संविधानको मस्यौदामा छलफलका लागि सहयोग गर्ने उद्देश्यले स्थापित सचिवालयले विभिन्न आयोजनाका लागि आर्थिक सहयोग उपलब्ध गराएको कार्यकारी निर्देशक सञ्जयकुमार खनाल बताउनुहुन्छ ।
सचिवालयबाट हाल सञ्चालित ७२ आयोजनामध्ये ५९ आयोजना सम्पन्न भइसकेका र बाँकी अयोजना भने कार्यान्वयनको चरणमा रहेका उहाँले जानकारी दिनुभयो ।
रु पाँच करोड फिर्ता
सम्झौताबमोजिम समयमै सोचेजस्तो काम हुन नसक्दा दातृ निकायको रु पाँच करोड फिर्ता भएको छ ।
छ वटा निकायसँग भएको सम्झौताबमोजिम सन् २०१५ डिसेम्बर ३१ तारेखमा आयोजना सम्पन्न भइसक्नुपर्ने थियो । सो अवधिसम्म स्विट्जरल्यान्ड र नर्वेले उपलब्ध गराएको सहयोगमध्ये खर्च भई बाँकी रहेको रु पाँच करोड फिर्ता पठाइसकिएको कार्यकारी निर्देशक खनाल बताउनुहुन्छ ।
यस्तै, अन्य चारवटा दातृ निकायलाई पनि कार्यान्वयनमा रहेका आयोजनाका कामको विवरण प्राप्त भएपछि सम्झौताबमोजिमको बाँकी रकम फिर्ता गर्नुपर्ने हुन्छ भने नेपाल सरकारले उपलब्ध गराएको रकम भने सर्वसञ्चित कोषमा दाखिल हुने व्यवस्था छ ।
एमाले अध्यक्ष केपी ओलीलाई हराउँदै झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
‘मिलारेपा’ नाटकका निर्देशक बुद्धि तामाङ लन्डन आइपुगे
नेपालमा प्रतिनिधिसभा निर्वाचन : पाँच स्थानमा महिला उम्मेदवार विजयी
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
इरान आक्रमणप्रति चीनको असहमति