
जेनेभा, ११ साउन । आगामी महिना (अगस्ट) मा सिरियामा विगत पाँच वर्षदेखि जारी द्वन्द्व अन्त्यका लागि नयाँ चरणको वार्ता सुरु हुने कुरा मङ्लबार संयुक्त राष्ट्रसङ्घका सिरियाका लागि प्रतिनिधि स्टेफेन डे मिस्टुराले बताउनुभएको छ ।
पटकपटक भएका वार्ता सिरियाको द्वन्द्व अन्त्य गर्न असफल भए पनि द्वन्द्वरत पक्षलाई वार्ताको विकल्प नभएको निष्कर्षमा पुरयाएको बताउँदै अब हुने वार्ताले सिरियाको आन्दोलनलाई अन्त्य गर्नेमा आफू विश्वस्त रहेको राष्ट्रसङ्घका सिरिया प्रमुख मिस्टुराले बताउनुभयो ।
हामी अगस्टको अन्त्यतिर सिरियामा द्वन्द्वरत पक्ष र बसर अल असदको सत्ताबीच तेस्रो चरणको वार्ता प्रक्रियालाई अगाडि बढाएर सन् २०११ देखि जारी द्वन्द्वलाई अन्त्य गर्ने कार्यमा जुटेका छौँ, उहाँले थप्नुभयो ।
मिस्टुराले सिरियामा द्वन्द्वरत केही विद्रोहीसमूहलाई सहयोग पुरयाउँदै आएको संयुक्त राज्य अमेरिका र असदलाई सहयोग पुरयाउँदै आएको रसियाका उच्च अधिकारीसँगको छलफलपछि सो कुरा बताउनुभएको हो ।
दुवै देशसँगको कुराकानीपछि पुनः सुरु गरिने वार्ताले सिरियाको द्वन्द्वलाई अन्त्य गर्ने आसा पलाएको छ ।
सिरियामा जारी द्वन्द्वका कारण करिब एक लाख ८० हजार सिरियाली नागरिकको मृत्यु भएको छ । हजारौँ अपाङ बनेका छन् भने सिरियाको जनसङ्ख्याको आधा जनसङ्ख्या आन्तरिक एवम् बाह्य गरी विस्थापित भएको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते