लन्डन । कर्णेल कुमार लामाको मुद्दा निष्कर्षतिर पुगेको छ । लामा विरुद्धको मुद्दा छिनोफानो गर्न १२ सदस्यीय जुरी हिजो मंगलबार र आज पनि व्यस्त छ ।
लन्डनस्थित सेन्ट्रल क्रिमिनल कोर्ट (फौज्दारी अदालत) ओल्ड बेलीमा करिब सात हप्ताको सुनुवाइ सकिएपछि मंगलबार देखि अन्तिम टुंगो लगाउन छलफल भइरहेको हो ।
जस्टीस स्वीनी नेतृत्वको इजलासमा वादी तथा प्रतिवादीका तर्फबाट वहस सकिइसकेको छ । अब छिट्टै समर छुट्टी हुने भएकाले एक दुई दिनभित्रै फैसला आउने आशा गरिएको छ ।
श्रोतका अनुसार १२ सदस्यीय जुरीबीच सर्वसम्मत भएमात्र अन्तिम फैसला हुने नत्र पुनः सुनुवाइमा जानुपर्ने कानुनी प्रावधान छ ।
लामामाथि बेलायती क्रिमिनल जस्टिस एक्ट १९८८, १३४ (१) अन्तर्गत मुद्दा छ । दक्षिण सुडानस्थित संयुक्त राष्ट्रसंघको शान्तिस्थापक सेनामा खटिएका बेला छुट्टीमा परिवार भेटन बेलायत आउंदा सन् २०१३, जनवरी ३ मा लामालाई लन्डन मेट्रोपोलिटन प्रहरीले विश्वव्यापी क्षेत्राधिकार अन्तर्गत पक्राउ गरेको थियो । प्रहरीले लामाले ११ वर्षअघि कपिलवस्तु जिल्लाको गोरुसिंगेस्थित एक सैनिक व्यारेकमा थुनामा रहेका जनकबहादुर राउत र करम हुसेनलाई यातना दिएको अभियोग लगाएको थियो ।
लामाको मुद्दा गत वर्ष भने अभियोजन पक्षले दोभाषे नभेट्टाएपछि सुनुवाइ स्थगित भएको थियो ।
लामाको मुद्दामा नेपाल सरकारले पनि प्रत्यक्ष चासो राख्दै आएको छ । लामाको रिहाइका लागि नेपाल सरकारले पटक पटक कुटनीतिक तथा कानुनी पहल गरेपनि बेलायतले आफ्नो स्वतन्त्र न्यायप्रणालीमा हस्तक्षेप गर्न नसकिने भन्दै वास्ता गरेको थिएन । इकान्तिपुर
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
विमानमा आगो लागेपछि डेढ घण्टादेखि अवरुद्ध नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?