
लन्डन । नर्सिङ एसोसिएसन यूकेले गत शनिबार च्यारिटी डिनर कार्यक्रम गरेको छ । साउथ ह्यारोस्थित ह्यारो बरो फुटबल क्लबमा कार्यक्रम भएको हो ।
महासचिव बिनोदविकास सिम्खडाले सञ्चालन गरेको उक्त कार्यक्रममा प्रमुख अतिथी कार्यवहाक राजदूत शरदराज आरनले एसोसिएसनको च्यारिटी कामको प्रशंसा गरे ।
एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ, अल पाकिस्तान नर्सिङ एसोसिएसन यूके अध्यक्ष जेबा आरिफ, रोयल कलेज अफ नर्सिङ लन्डन रिजनल अध्यक्ष सिन्थिया डेभिस, नेपलिज डक्टर्स एसोसिएसन यूके अध्यक्ष डा. बिना थेबेले मन्तव्यका क्रममा संस्थालाई सामाजिक काममा अझ गतिशिल भएर लाग्न शुभकामना दिएका थिए ।
कार्यक्रमकी सभापति एवं एसोसिएसन अध्यक्ष सुशिला कार्कीले दाता र सहयोगी सबैप्रति आभार व्यक्त गर्दै सबैको साथले नै एसोसिएसनले सामाजिक कार्यमा थप हौसला पाएको जनाइन् । उपाध्यक्ष प्रसुना कंडेलले संस्थाका गतिविधिबारे अवगत गराइन् । उनका अनुसार, एसोसिएसनले गोरखा र सिन्धुपाल्चोकमा भूकम्पले क्षतिग्रस्त दुई विद्यालय पुनर्निर्माण गरिरहेको छ । सिन्धुपाल्चोक प्रोजेक्ट सेप्टेम्बर अन्तिमसम्म समापन हुने लक्ष्य लिइएको छ भने गोरखाको स्कुलको पुनर्निर्मित भवन आगामी साता एसोसिएसन पूर्व अध्यक्ष बासु लामिछानेले उद्घाटन गर्ने कार्यक्रम छ ।
दोश्रो चरणको सांस्कृतिक कार्यक्रम गंगा साम्पाङ र सुनिता गौतमले सञ्चालन गरेका थिए । त्यतिबेला लोकगायक रामजी खांड आकर्षणको केन्द्र बने । उक्त अवसरमा एसोसिएसन आवद्ध नर्सहरुले विभिन्न जातजातीको भेषभुषा लगाएर फेशन शो, नृत्य र गायन समेत प्रस्तुत गरेका थिए । संस्थापक अध्यक्ष अजिता सिम्खडाको पहलमा नर्सहरुले विश्व साइकल यात्रीहरुलाई आर्थिक सहयोग समेत प्रदान गरे ।
चांद म्यूजिकको डिजे डान्ससंगै कार्यक्रम समापन भएको थियो ।
यसैबीच, एसोसिएसनको वार्षिक साधारणसभा यही सेप्टेम्बर ३ मा साउथ इष्ट लन्डनमा हुने भएको छ ।
तस्विरहरुः शिव भण्डारी
बेल्जियममा भव्यताका साथ तमु ल्होसार कार्यक्रम सम्पन्न
ल्होछारको अवसरमा तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा ग्रहशान्ति तथा शुद्धीकरण पूजा सम्पन्न
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
सत्य बोल्ने साहस: नोबेल विजेता रिगोबर्टाको कथा
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण