
लन्डन । नर्सिङ एसोसिएसन यूकेले गत शनिबार च्यारिटी डिनर कार्यक्रम गरेको छ । साउथ ह्यारोस्थित ह्यारो बरो फुटबल क्लबमा कार्यक्रम भएको हो ।
महासचिव बिनोदविकास सिम्खडाले सञ्चालन गरेको उक्त कार्यक्रममा प्रमुख अतिथी कार्यवहाक राजदूत शरदराज आरनले एसोसिएसनको च्यारिटी कामको प्रशंसा गरे ।
एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ, अल पाकिस्तान नर्सिङ एसोसिएसन यूके अध्यक्ष जेबा आरिफ, रोयल कलेज अफ नर्सिङ लन्डन रिजनल अध्यक्ष सिन्थिया डेभिस, नेपलिज डक्टर्स एसोसिएसन यूके अध्यक्ष डा. बिना थेबेले मन्तव्यका क्रममा संस्थालाई सामाजिक काममा अझ गतिशिल भएर लाग्न शुभकामना दिएका थिए ।
कार्यक्रमकी सभापति एवं एसोसिएसन अध्यक्ष सुशिला कार्कीले दाता र सहयोगी सबैप्रति आभार व्यक्त गर्दै सबैको साथले नै एसोसिएसनले सामाजिक कार्यमा थप हौसला पाएको जनाइन् । उपाध्यक्ष प्रसुना कंडेलले संस्थाका गतिविधिबारे अवगत गराइन् । उनका अनुसार, एसोसिएसनले गोरखा र सिन्धुपाल्चोकमा भूकम्पले क्षतिग्रस्त दुई विद्यालय पुनर्निर्माण गरिरहेको छ । सिन्धुपाल्चोक प्रोजेक्ट सेप्टेम्बर अन्तिमसम्म समापन हुने लक्ष्य लिइएको छ भने गोरखाको स्कुलको पुनर्निर्मित भवन आगामी साता एसोसिएसन पूर्व अध्यक्ष बासु लामिछानेले उद्घाटन गर्ने कार्यक्रम छ ।
दोश्रो चरणको सांस्कृतिक कार्यक्रम गंगा साम्पाङ र सुनिता गौतमले सञ्चालन गरेका थिए । त्यतिबेला लोकगायक रामजी खांड आकर्षणको केन्द्र बने । उक्त अवसरमा एसोसिएसन आवद्ध नर्सहरुले विभिन्न जातजातीको भेषभुषा लगाएर फेशन शो, नृत्य र गायन समेत प्रस्तुत गरेका थिए । संस्थापक अध्यक्ष अजिता सिम्खडाको पहलमा नर्सहरुले विश्व साइकल यात्रीहरुलाई आर्थिक सहयोग समेत प्रदान गरे ।
चांद म्यूजिकको डिजे डान्ससंगै कार्यक्रम समापन भएको थियो ।
यसैबीच, एसोसिएसनको वार्षिक साधारणसभा यही सेप्टेम्बर ३ मा साउथ इष्ट लन्डनमा हुने भएको छ ।
तस्विरहरुः शिव भण्डारी
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त