
नेकपा माओवादीले गरेको नेपाल बन्दका कारण सुनसान बनेको पोखरा नयाँबजारको दृश्य । तस्बिरः वासुदेव पौडेल, पोखरा, रासस
काठमाडौँ, १० साउन । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी)ले आयोजना गरेको बन्दका कारण आज काठमाडौँ उपत्यकाको जनजीवन सामान्यरुपमा प्रभावित भएको छ ।
बन्दकर्ताले मीनभवन र गोङ्गबुमा दुईवटा ट्याक्सीमा आगजनी गरी क्षति पुरयाएका छन् । मीनभवनमा बा१ज ५१६२ नंको ट्याक्सीमा बिहान ३ः४५ बजे पेट्रोल छर्केर आगजनी गरेको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।
त्यस्तै बन्दकर्ताले गोङ्गबुमा बा१ज २८६ नंको ट्याक्सीमा आगजनी गरेका छन् । दुवै ट्याक्सी पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।
राजधानीमा सार्वजनिक सवारीसाधन कम चले पनि निजी सवारी साधन भने निर्वाध रूपमा सञ्चालन भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार साझा यातायात, कान्तिपुर यातायात, माइक्रो, टेम्पोलगायतका सवारी साधन बिनाअवरोध सञ्चालन भइरहेका छन् ।
सर्लाहीको सागरनाथमा सुकुम्बासीमाथि ज्यादती भइरहेको भन्दै त्यसको विरोधमा सो पार्टीले गरेको बन्दका कारण शिक्षण संस्थासमेत बन्द भएका छन् ।
जबर्जस्ती बन्द गराउँदै हिँडेका ६५ कार्यकर्ता पक्राउ परेका छन् । उपत्यकामा ३५ सहित उपत्यका बाहिरका गरी जम्मा ६५ जना कार्यकर्ता पक्राउ परेको पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्माले राससलाई जानकारी दिनुभयो ।
बन्दको प्रभाव उपत्यकामा सामान्य परे पनि कामकाजी सर्वसाधारण भने मर्कामा परेका छन् ।
तनहुँ, १० साउन । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दको क्रममा आज तनहुँमा ट्रकमा आगजनी भएको छ ।
भैरहवाबाट सिमेन्ट लिएर आउँदै गरेको ना४ख ३९१ नम्बरको ट्रकलाई अज्ञात समूहले बन्दीपुर नगरपालिका–५ आँधिखोलामा रोकी जलाएका हुन् ।
बिहान सवा ५ बजे ट्रकका चालक र सहचालकलाई ट्रकबाट ओराली उनीहरुले आगो लगाएका थिए । आगजनीबाट ट्रकको अगाडिको भाग जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगजनी हुने बित्तिकै सशस्त्र र नेपाल प्रहरीले आगो निभाएका थिए ।
यस्तै सोही समूहले चोक्कर लिएर आएको ना५ख ४१३ नं को ट्रकमा ढुङ्गामुडा गर्दा ट्रकको अगाडिको सिसा फुटेको छ । ट्रकमा आगजनी गरेको आशङ्कामा प्रहरीले नेकपा माओवादीका छ जना कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओम पन्त, डम्बर विक, राजन बराल, नरेश घिमिरे, बाबुराम विक र नवीन थापा रहेका छन् ।
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
सावित्राको उपचारका लागि खर्च जुट्यो, रकम सङ्कलन रोक्न आग्रह
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा